arrow

पुनर्वास सुनकाण्ड : थप ५ किलो ६०० ग्राम सुन बरामद, प्रकरणमा प्रहरी नै संलग्न

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
kanchanpur-gold.jpg

पुनर्वास ।  भारतबाट अवैध सुन भित्र्याएर पुनर्वास नगरपालिका २ स्थित दशरथबस्तीमा घरभित्र गाडेको अबस्थामा सुन बरामद गरेको केही घन्टा भित्रै प्रहरीले थप ५ केजी ६०० ग्राम सुन बरामद गरेको छ ।  भारतबाट अबैधरुपमा नेपाल भित्र्याइएको सुन काण्डमा नेपाल प्रहरीका जवान सुरज तिरुवा संलग्न रहेको रहस्य खुलेको छ ।

कैकाली जिल्ला प्रहरी कार्यालयमा कार्यरत जवान सुरज तिरुवाले भाइ लक्षमण  तिरुवासंग मिलेर सुन पुनर्वासको दशरथबस्ती स्थित  ससुराली घरमा खाड्ल मुनि लुकाएको १८ केजी सुन बिहीबार बिहान ११ बजे प्रगरीले बरामद गरेको थियो ।  

सुनकाण्डको बिस्तृत अनुसन्धान थाकेको प्रहरीके बिहिबार राती कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ झलारी स्थित प्रहरी जवान सुरजको घरबाट थप ५ किलो ६०० ग्राम सुन बरामद गरि जवान सुरज र लक्षमणलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरी प्रमुख तथा उपरीक्षक कुबेर कडायतले बताए ।  बिहिबार प्रहरीले  दुई स्थानबाट बरामद गरेको २३ किलो ६०० ग्राम सुन र सुनकाण्डमा संलग्न दुबै जना जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा रहेको एसपी कडायतले बताए । कञ्चनपुरको पुनर्वास र शुक्लाफाँटाको झलारीबाट बरामद गरिएको सुन राजश्वमा बुझाउने तयारी भएको एसपी कडायतले जनाए ।

लुकाएर राखेको पाइएपछि पक्राउ परेका प्रहरी जवान सुरज तिरुवाकै भाइको घरमा थप  पाँच किलो ६०० ग्राम  सुन प्रहरीले बरामद गरेको हो  । गएराति शुक्लाफाँटा नगरपालिकामा रहेको सुरजका भाइ लक्ष्मण तिरुवाको घरबाट पाँच किलो ६ सय ग्राम सुन बरामद गरिएको कञ्चनपुरका एसपी कुबेरसिंह कडायतले जानकारी दिए । उनका अनुसार भारतबाट अवैध रुपमा भित्र्याइएको सुन कम्तिमा पनि २४ किलो रहेको अनुमान गर्दै अनुसन्धान अघि बढाइएको थियो । यसअघि पुनर्वासबाट बरामद भएको १८ किलो सुन प्रकरणमा संलग्नताको आशंकामा सादा पोशाकका प्रहरी र उनका भाइ पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा सादा पोशाकमा कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरुवा र उनका भाइ लक्ष्मण तिरुवा थिए । पक्राउ परेका तिरुवा दाजुभाइको बयानका आधारमा लक्ष्मणको घरमा लुकाएर राखिएको अवस्थामा साढे पाँच किलो सुन बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

निर्मला हत्याको अनुसन्धानका लागि कञ्चनपुरमै रहेको सीआईबी, अपराध महाशाखा, कैलाली र कञ्चनपुर प्रहरीको टोलीले सुन बरामद गरेको हो । उपत्यका बाहिर पक्राउ परेको यो ठूलो परिमाणको सुन रुपन्देहीको सुनौली नाकामार्फत कैलाली हुँदै कञ्चनपुर पुगेको थियो । प्रहरीका अनुसार यो अवैध सुन हो ।  सुनका मालिक भारतीय नागरिक भएको र उनी दिल्लीमा बस्दै आएको बताइएको छ ।

प्रहरीका एक अधिकारीले भने, ‘‘दुई महिनाअघि नै सुन कैलाली पुगेको रहेछ । लक्ष्मणले भारतबाट भारतीय नागरिकको गाडीसहित सुन ल्याएका रहेछन् । भारतीय नागरिकले कैलालीबाट गाडी लिएर गए । तर तस्करीको सुन भएकाले कहिँ कतै प्रहरीमा उजुरी गरेनन् ।’’ सुन कैलाली पुर्याएपछि लक्ष्मण फरार भएका थिए । लक्ष्मणका दाइ सुरज नेपाल प्रहरीमा कार्यरत भएकाले उनले आफ्नो ससुरालीमा सुन खाल्टोमुनी लुकाएर राखेका थिए । भारतीय व्यापारीले नेपालबाट त्यो सुन भारत लगेको हुन सक्ने आशंका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ