arrow

पथरी जङ्गलमा बेवारिसे अवस्थामा महिलाको शव फेला

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ फागुन ४ शनिबार

झापा। मोरङको पथरी शनिश्चरेस्थित जंगलमा शुक्रबार मृत भेटिएकी झापा मेचिनगर धुलाबारी घर भै हाल काठमाडौ बस्दै आएकी ५२ बर्षकी साबित्रा खतिवडाको कस्ले हत्या गरी फाल्यो भन्ने अहिले सम्म खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय पथरीका अनुसार ति महिला गत माघ २९ गते घरबाट हिँडेकी थिइन्। घरमा मोबाइल छोडेर लुगा सिलाउनु जान्छु भन्दै घरबाट निस्केको बताइएको छ।

मृतक महिलाका आफन्तहरु सम्पर्कमा आइसकेपनि उनलाई कसले यहाँसम्म ल्याई हत्या गर्यो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर कमल बंजगाईले बताएका छन।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पथरी बजारदेखि ३ किमी पश्चिम जंगलमा शुक्रबार ति महिलाको शव भेटिएको थियो। शुक्रबार पात टिप्न जंगल गएका स्थानीयले मोरङ्गे खोलामा ओड्नेले छापेर फालिएको अवस्थामा शव देखेका थिए।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ। उता सुनसरीको रामधुनी नगरपालिका १ स्थित शिवचौकमा भएको एक वृद्धाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। इटहरी ५ स्थित नरमाया लिम्बूको घरमा डेरा गरी बस्दै आएका संखुवासभाको मकालु गाउँपालिका ४ का स्थायी बासिन्दा पेन्टर काम गर्ने रमेश राईलाइ प्रहरीले पक्राउ गर्न सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीले ८७ बर्षीय नरबहादुर क्षेत्रीको हत्यामा संलग्न रमेश राईलाई पक्राउ गरी सार्वजनिक गरेको छ। मृतक क्षेत्रीको माघ २८ गते मध्य रातमा उनकै घरमा सुतिरहेको अवस्थामा हत्या भएको थियो।

क्षेत्रीको २ तले पक्की घरको पुर्ब पट्टीको आफ्नै कोठाभित्र हत्या भएको अबस्थामा शव फेला परेको थियो। घटनाबारे २९ गते बिहान करिब साढे ७ बजे प्रहरीले खबर पाएपछि छुट्टा छुट्टै ३ वटा अनुसन्धान टोली परिचालन गरेको थियो।

राईको डेराबाट सामसुंग कम्पनीको २ वटा मोवाइल, ४० इञ्चको सोनी कम्पनीको एलइडि टिभि, डेल कम्पनीको कालो ब्यागसहितको ल्यापटप, लेडिज साइकल एक थान वरामद भएको प्रहरीले जनाएको छ। यस्तै, काँचको ३ थान थाल, कार्ड रिडर, सुनको सिक्री, नेपाली रुपैया २२ सय ५० पनि वरामद भएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ