arrow

वीर अस्पतालमा कोबाल्ट–६० मेशीनको सोर्स क्यानडा फिर्ता लगिदै   

logo
प्रकाशित २०७५ फागुन ४ शनिबार
cobalt-machine.jpg

काठमाडौं। वीर अस्पतालको क्यान्सर उपचारमा प्रयोग हुने कोबाल्ट–६० मेशीनको सोर्स क्यानडा फिर्ता लगिदैछ। मेशिन बिग्रिएको तीन बर्षपछि निकै संबेदनशिल मानिने सोर्स बिशेष प्रक्रिया अपनाएर कन्टेनरमा राखिएको र केही दिनमै क्यानडा नै पठाउने तयारी भएको वीर अस्पतालले जनाएको छ।

कोबाल्ट ६० मा पारमाणबिक प्रयोग भएकाले यसलाई फिर्ता पठाउन प्राबिधिक तथा कानुनी प्रक्रिया निकै झन्झटिलो भएको वीर अस्पतालका क्यान्सर विभागका प्रमुख डा विवेक आर्चायले बताए। यो सोर्स झिक्ने, राख्ने, ओसारपसार गर्ने तथा डिस्पोज गर्ने क्रममा बिशेष साबधानी अपनाइएन भने यसले मानव तथा वातावरणमा घातक रसायन फाल्छ।

वीर अस्पतालले सन् १९९१ मा १ करोडमा किनेको कोबाल्ट–६० बिग्रिएपछि सन् २००४ मा, १५ बर्षअघि कोबाल्ट सोर्स खरिद गरेर रेडियशन दिइरहेको थियो। साढे ३ बर्षदेखि यसले काम गर्न छाडेको क्यान्सर विभागका प्रमुख आर्चायले बताए।

पारमाणबिक सोर्स भएकोले यसलाई जताततै डिस्पोज गर्न खतरा रहेकाले जहाबाट ल्याएको त्यही फिर्ता लानुपर्ने प्राबधान छ। केही समयअघि मेशिन बिग्रिएपछि भारतमा फिर्ता लाने प्रयास गरेपनि उसले नयाँ मेशीन दिने तर बिग्रिएको कोबाल्ट नलाने भएपछि नयाँ मेशीन किन्ने प्रक्रिया क्यानडासंगै थालिएको हो।

अस्पतालले ७ असार २०७३ मा बोलपत्र आह्वान गर्दा क्यानेडियन कम्पनी थेराट्रोनको मेशीन आपूर्ति गर्न नेपाल–हिमालले र भारतीय कम्पनी भाभाट्रोनको मेशीनको लागि बायोमेड इन्टरनेशनल कम्पनीले र चेकोस्लोभाकियाको टेराबेल्ट–१०० एसिएस कम्पनीको मेशीन खरीद गर्न लाइफलाइन कम्पनीले आवेदन दिएकामध्ये लाइफलाइनले पाएको हो।

कोबाल्ट मेशिनको सट्टामा नयाँ टोमो थेरापी मेशिनलाई झिकाइसकेपनि तीन महिना भित्रमा सेवा सुरु गर्ने तयारी अस्पतालको छ। यसमा इनर्जी बढी भएकाले यसलाई राखिने बंकर बाक्लो आबश्यक पर्ने डा आचार्यले बताए। यो बंकर निर्माणका लागि करीब तीन महिना लाग्ने भएकाले त्यसपछि साढे ३ बर्षदेखि रोकिएको रेडियशन सेवा पनि वीरले सुरु गर्ने डा आचार्यको दाबी छ। यो प्रबिधि प्रयोगका लागि डा आचार्य सहित मेडिकल फिजिसियन तथा टेक्नोलोजिष्टको टोली अध्ययन गर्न एक महिनाका लागि जापान गएको छ। 

कोबाल्ट मेशिन बिग्रिएपछि रेडियोथेरापी सेवा चाहिने क्यान्सर रोगका बिरामी तीनबर्षदेखि अन्य निजी अस्पतालमा धाउन बाध्य भएका छन्। 
नयाँ मेशिनले काम गरेसंगै रेडियोथेरापी सेवा अबको तीन महिना पछि वीरले सुरु गर्नेछ। यो संगै क्यान्सरका सम्पुर्ण सेवा वीरमा फेरी सञ्चालनमा आउने अस्पतालले जनाएको छ।

स्वास्थ्य क्षेत्रमा कोबाल्टको प्रयोग किन ?
रेडियमको आबिष्कार भएपछि स्वास्थ्य क्षेत्रमा कोबाल्टको प्रयोग भएको पनि दशकौ भइसक्यो। रेडियमको आबिष्कार भएपछि लाखौ मानिसले  यसको सेवाबाट क्यान्सरको उपचार पाएका छन्। अर्बुद रोग निवारणका लागि कोबाल्ट को प्रयोग हुन्छ।

कोबाल्टले गामा किरणहरु पैदा गर्छ जुन हानीकारक हुन्छ। वास्तबमा यो घातक नै किरण हो। रेडियो थेरापीमा प्रयोग हुने कोबाल्ट ६० हो। कोबाल्टको आधा जिवन हुन्छ भनेर बैज्ञानकिहरुले भन्छन्। यसको अबधि ५.२६ बर्षमात्र हुन्छ भनिन्छ यो अबधिमा यो बिस्तारै नाश भएर जानेहुन्छ। यो नष्ट भएर जाने क्रममा पनि यसले हानीकारक बिकिरणहरु फालिनै रहन्छ।

यसको सही तरीकाले बिसर्जन गरिएन भने नष्ट भएर जाने क्रममा पनि  बिकिरण पैदा भइनैरहन्छ। यस्तो अबस्थामा यसले मानवसंगै जिबजन्तु , बोटबिरुवा र वातावरणमा असर पुर्‍याउछ। त्यसैले यसको व्यवस्थापनमा निकै चुनौति छ। यसको उपयोग धेरै भएपनि बिर्सजनमा पनि चुनौति थपिदै छ।

पारमाणबिक प्रबिधिको प्रयोग मानव जिवनका लागि अत्यन्तै आवश्यक संगै खतरा पनि त्यतिकै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ