arrow

चट्याङ लागेर १७ वर्षिय भगेन्द्रको  मृत्यु, दश घाईते

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ फागुन ५ आइतबार
lighting-thundering.jpg

पाँचथर। हावाहुरी सँगै आएको चट्याङले लागेर पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ३ पौवासारतापका एक यूवकको मृत्यु भएको छ भने दश जना घाईते भएका छन्।

मृत्यु हुनेमा स्थानीय १७ वर्षिय भगेन्द्र तामाङ रहेका छन्। चट्याङ लागेर गम्भिर घाईते भएका तामाङको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

यस्तै चट्याङ लागेर उनका भाई ११ वर्षिय मनकुमार तामाङ गम्भिर घाईते भएका छन्। उनको झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ। यस्तै फालेलुङको वडा नम्बर ५ मा चट्याङले लागेर ८ जना घाईते भएका छन्।

घाइते हुनेमा स्थानिय फौदमान तामाङ,चिजमाँया राई,मनिता तामाङ, धनराज तामाङ, सुकमाँया तामाङ, समिक्षा तामाङ, उषा तामाङ र अभिषेक तामाङ रहेका छन्।

घाईतेहरुको स्थानिय प्रहरी चौकी प्राङबुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै चट्याङले लागेर फिदिम ५ का १८ वर्षिय दिपक तामाङ घाईते भएपछि उनको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरी निरीक्षक अनिल कुमार पौड्यालले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ