arrow

लुगा सिलाउन भन्दै हिडेकी साबित्राको शव भेटियो खोलामा

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ फागुन ५ आइतबार
sabitri.jpg

बेलबारी । मोरङको पथरी शनिश्चरेस्थित जंगलमा शुक्रबार मृत भेटिएकी झापा मेचिनगर धुलाबारी घर भै हाल काठमाडौ बस्दै आएकी ५२ बर्षकी साबित्रा खतिवडाको कसले हत्या गरी फाल्यो भन्ने अहिले सम्म खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार ती महिला गत माघ २९ गते घरबाट हिँडेकी थिइन् । घरमा मोबाइल छोडेर लुगा सिलाउनु जान्छु भन्दै घरबाट निस्केको बताइएको छ । मृतक महिलाका आफन्तहरु सम्पर्कमा आइसकेपनि उनलाई कसले यहाँसम्म ल्याई हत्या गर्‍यो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर कमल बंजगाईले बताएका छन  ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पथरी बजारदेखि ३ किमी पश्चिम जंगलमा शुक्रबार ति महिलाको शव भेटिएको थियो । शुक्रबार पात टिप्न जंगल गएका स्थानीयले मोरङ्गे खोलामा ओड्नेले छापेर फालिएको अवस्थामा शव देखेका थिए । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ