arrow

साठी हजार घुस लिदालिदै सबईन्जिनियर रंगेहात पक्राउ

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ फागुन ५ आइतबार
pakrau.JPG

कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साठी हजार घुस सहित बेलौरी नगरपालिकाका सवईन्जिनियर हृदयराज बजगाईलाई रंगेहात  पक्राउ गरेको छ ।

आइतबार उनलाई बेलौरी नगरपालिका कार्यालयबाटै सेवाग्राहीबाट रकम लिईरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता राजन नेपालले बेलौरी नगरपालिका वडा नम्बर ४ र ६ जोड्ने कल्भट निर्माणमा घुस मागेका सवईन्जिनियर बजगाईलाई कार्यालयबाटै पक्राउ गरिएको बताए ।

घुससहित पक्राउ परेका बजगाई बिरुद्ध अख्तियारले थप अनुसन्धान गरेर कार्बाहीका लागि अघि प्रकृया अघि बढाएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ