arrow

जेठी हुँदाहुदैं कान्छी हुन आउने र ल्याउने दुवै प्रहरी खोरमा

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ फागुन ५ आइतबार
bride-and-groom-call-off-wedding.jpeg

पाँचथर ।  घरमा जेठी श्रीमती हुँदाहुदैं कान्छी श्रीमती बिवाह गर्ने र कान्छी श्रीमती बन्न आउने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

 भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ घर भएका २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमति बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८, याङनामकी २९ वर्षीय सम्झाना जवेगु पक्राउ परेका हुन् ।

आफु सवल र सक्षम श्रीमती हुदाहंदै श्रीमानले कान्छी श्रीमती भित्राएकोले कानुन वमोजिम निजलाई पक्राउ गरि आवश्यक कारबाहिको माग गर्दै थुलुङका जेठी श्रीमती सोमिला राईले पाँचथर प्रहरीमा जाहेरी दिएकी थिइन् । जेठी श्रीमती राईको जाहेरीका आधारमा ती जोडीलाई फागुन ३ गते जिल्ला प्रहरी कार्यालय पाँचथर र याङनाम प्रहरीको टोलिले पक्राउ गरेका हुन् ।

 पक्राउ परेका जोडीलाई जिल्ला अदालत पाँचथरमा बहुविबाहको मुद्दामा म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलले वताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ