arrow

अमेरिकामा वुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा

logo
जानु पगेनी,
प्रकाशित २०७५ फागुन ६ सोमबार
swami_ananda_arun_and_other.jpg

सिकागो अमेरिका। भर्जिनिया राज्यस्थित स्प्रिंगफिल्ड शहरमा शनिवार एक कार्यक्रमविच वुद्ध पुर्णिमालाई अन्तराष्ट्रिय ध्यान दिवसको रुपमा मनाउने घोषणा गरिएको छ । 

भर्जिनियाको लाउडनका काउन्टीका प्रतिनिधि, सिनेटर, हाउसका प्रतिनिधि र ओशो तपोवन नेपालका संस्थापक वोधिसत्व स्वामी आनन्द अरुणले वुद्ध पुर्णिमालाई अन्तरराष्ट्रिय ध्यान दिवसको रुपमा मनाउने संयुक्त रुपमा घोषणा गरेका थिए । वैशाख पुर्णिमा वुद्ध जन्मेको, निर्वाण प्राप्त गरेको र शरिर छोडेको दिन हो । 

कार्यक्रममा काउन्टीतर्फवाट बोर्ड अफ सुपरभाइजर फिलिस जे र्यानडल, भर्जिनिया हाउस अफ डेलिगेटका जन जे बेल, राज्य सेनेटर जेनिफर वेक्सटन, वोधिसत्व स्वामी आनन्द अरुण, नेपाली समुदायतर्फवाट भर्जिनियाका हरि शर्मा र ओशो सन्यासी सुर्वण पन्तले घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।

आनन्द अरुणले विगत केहि वर्षदेखि नै वुद्ध पुर्णिमालाई अन्तराष्ट्रिय ध्यान दिवस बनाउन पहल गर्दै आएका थिए । 

काउन्टीका तर्फवाट कार्यक्रममा वोल्दै वोर्ड अफ सुपरभाइजर र्यानडलले भर्जिनियामा आत्महत्याको उच्च दर रहेको हुँदा यसको न्युनीकरणको साथसाथै हरेक व्यक्तिलाई ध्यानको आवश्यकता रहेको उल्लेख गरेकी थिइन् । उनले अन्तराष्ट्रिय ध्यान दिवसको लागि घोषणापत्रमा हस्ताक्षर गर्न पाउदा निकै खुशी लागेको बताएकी थिइन् । 

यसैगरि कार्यक्रममा सेनेटर वेक्सटनले भर्जिनिया राज्यका विधालयमा समेत ध्यानका विधीहरु समावेश गर्ने योजना सुनाएकी थिइन् । साथै उनले नेपाली समुदायसंग सहकार्य गर्न इच्छुक भएको बताइन ।

हाउस अफ डेलिगेटका जे बेलले अन्तराष्टिय ध्यान दिवसको यो पहललाई स्रहाना गरेका गर्दै नेपाली समुदाय र आनन्द अरुणलाई धन्यवाद दिएका थिए । 

कार्यक्रममा आनन्द अरुणले लामो समयदेखि वुद्ध पुर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन विभिन्न रुपमा पहल गर्दै आएको बताउदै यो कार्यक्रमले यसलाई थप टेवा पुगेको बताए । उनले आफ्नो लागि यो ऐतिहासीक दिन भएकोे उल्लेख गरे । उनले भने “ध्यान दिवसलाई अन्तराष्ट्रिय ध्यान दिवसको रुपमा संयुक्त राष्ट्रसंघवाट नै घोषणा गर्न सकियो भने एकातर्फ मानिसहरु ध्यानवाट लाभान्वित हुन्छन् भने अर्काेतर्फ वुद्ध तथा नेपालको प्रतिष्ठासमेत वढ्छ ।”

वुद्ध पुर्णिमामालाई विश्व ध्यान दिवसको अन्तराष्ट्रिय रुपमा मान्यता दिनको लागि नेपाल सरकारले नै संयुक्त राष्टसंघमार्फत पहल गर्नुपर्ने हुन्छ । कार्यक्रममा उनले करिव दश मिनेट ध्यान समेत गराएका थिए ।

कार्यक्रमपछि आनन्द अरुणसंग भएको व्यक्तिगत कुराकानीमा र्यानडल, वेक्सटन र जे बेलले ध्यानप्रति गहिरो इच्छा व्यक्त गर्दै गौतम वुद्ध तथा नेपालको वारेमा जिज्ञासा राखेका थिए । साथै कुराकानीमा ओशो तपोवनसंगसंगै अन्य धार्मीक तथा आध्यामिक गुरु तथा ध्यानको विषयमा समेत छलफल भएको थियो।

आनन्द अरुणले अमेरिकामा विगत ११ वर्षदेखि ध्यान तथा योगा शिविर गराउदै आएका छन् । उनले अमेरिकाको झण्डै एक दर्जन शहरमा हरेक वर्ष ध्यान शिविर गराउदै आउनुका साथसाथै विभीन्न राज्यमा रहेका नेपाली समुदायलाई केन्द्रित गरि ध्यान तथा तनाव व्यवस्थापन कार्यक्रममा सञ्चालन गर्ने गर्दछन् ।उनले अमेरिका तथा क्यानडाका विभिन्न शहरमा कैयौ ओशो मेडिटेशन सेन्टर स्थापना गरेका छन् भने अमेरिकाको सानडियोगोेमा ओशो निर्भना नामक एक कम्युनसमेत स्थापना गरेका छन् । जहाँ ओशो मात्र नभई विभिन्न धार्मीक तथा आध्यात्मिक गुरुले प्रतिपादन गरेका ध्यान तथा योगा विधि प्रयोग गरिदै आएको छ।

ओशो निर्भना रजनिशपुरम बन्द भएपछि अमेरिकामा बनेको पहिलो ओशो कम्युन हो । यसैगरि टेक्टसको ड्यालसमा समेत दोस्रो कम्युन निर्माणाधिन अवस्थामा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ