arrow

सडक शिलान्यासको ३३ वर्षपछि कालोपत्र

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
rukum_road.jpg

सहजपुर । बोगटान सडक शिलान्यास भएको ३३ वर्षपछि कालोपत्र हुने भएको छ । पूर्वमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य लेखराज भट्टको लामो समयदेखिको पहलमा शिलान्यास भएको ३३ वर्षपछि मङ्गलबार बोगटान सडक कालोपत्र हुने भएको हो ।

उक्त आयोजनालाई सुदूरपश्चिम प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा छनोट गरेको बताइएको छ । उक्त सडक कैलालीको सहजपुरदेखि डोटीको बडिकेदारसम्म ५० किलोमिटर रहेको छ । उक्त सडक कालोपत्रका लागि बोलपत्र आह्वान भई सडक निर्माण अघि बढेको कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्र्याक्ट म्यानेजर ईश्वर बस्नेतले जानकारी दिए ।

उनका अनुसार सहजपुर–बोगटान सडक कालोपत्र रु दुई अर्ब पाँच करोडमा ठेक्का भई निर्माण अघि बढेको छ । कालोपत्र गर्ने कार्य ३० महीनाभित्र सम्पन्न गरिने जनाइएको छ । कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको बिपी नगरदेखि बडिकेदारसम्म २८ किमी सडक कालोपत्रका लागि निर्माण कम्पनीका कर्मचारीहरु खटिइसकेको म्यानेजर बस्नेतले बताउनुभयो । सडक कालोपत्र गर्ने क्रममा कैलाली र डोटीमा गरी झण्डै ६ हजार रूख काट्नुपर्ने अवस्था आएकाले सो प्रक्रिया पनि अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ ।

भारतको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारको सडक विभागले सडक कालोपत्र गर्न लागेको म्यानेजर बस्नेतले बताए । सहजपुरदेखि बडिकेदार गाउँपालिका हुँदै डोटीको बोगटानको सिमचौर भएर दीपायल जोड्ने उक्त सडक २०४२ सालमा शिलान्यास भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ