arrow

गुठिचौर गाउँपालिकाले बढायो टेन्डर विनै ठेक्का प्रक्रिया

logo
प्रकाशित २०७५ फागुन ७ मंगलबार
tender.jpg

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ विपरित रेडियो गुठिचौर एफ.एम. निर्माण कार्यको टेन्डर विनै ठेक्का गरि प्रक्रिया अघि बढाएको छ ।  नेपाल सरकारको सार्वजनिक बोलपत्र खरिद गर्ने वेवसाइडमा बोलपत्रको कुनैपनि डकुमेन्ट नराखि विओक्यू मात्रै राखेर ठेक्का खुलाएर नीतिगत भ्रष्टाचार गर्न खोजेको छ ।

रेडियो गुठिचौर एफ.एम. निर्माणका लागि आवश्यक सेवा शर्त, रेडियोको क्षमता, स्थान, स्फेसिफिकेशन लगायतका विषय वोलपत्रमा उल्लेख हुनुपर्नेमा गाउँपालिकाले कुनै विवरण नै उल्लेख नगरी टेण्डर आब्हान गरेको छ । गत माघ १ गते जारी सूचनामा रेडियो गुठिचौर एफएम निर्माण मात्र भनिएको छ ।

सार्वजनिक खरिद नियमावली अनुसार कोटेसन नै उल्लेख नगरि ठेक्का आब्हान गरेकोले एफएम निर्माण ठेक्का रद्ध गरिनुपर्ने जुम्ला ईन्फाे एण्ड अर्डर सप्लायर्सका प्राेपाईटर ईश्वरी प्रसाद देबकाेटाले जानकारी दिए ।

गाउँपालिकाले सार्वजनिक वेभसाइटमै राख्ने ठेक्कामा समेत मिलेमतो गरेपछि दुई वटा कम्पनीले ठेक्का रद्ध गरिपाउँ भनि निवेदन दिएपनि गाउँपालिकाले वेवास्ता गरेको छ । गाउँपालिकाले सूचना गरेका थुपै टेन्डरहरुमा बोलपत्रका डकुमेन्टहरु राखेपनि रेडियोको बोलपत्रको कुनै पनि कागजात नबनाई आफ्ना निकटका केही ब्यक्तिलाई ठेक्का दिनका लागि यस्तो गरेको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।

पिपिएमओमा ठेक्का अधुरो भएपनि प्रक्रिया अघि बढाइने गुठिचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले बताए । रेडियो कति वार्डको हो भन्ने सूचनामा पनि जानकारी छैन भन्दा उनले आफ्नो कार्यालयको कागजातमा भएको भन्दै कतिपय कुराहरु बोलपत्रमा खुलाउन जरुरी नभएको प्रतिक्रिया दिए ।

‘कतिपय प्राविधिक कुराहरु हुन्छन्, जसलाई टेण्डरमा उल्लेख गर्न आवश्यक छैन, हामीले प्रक्रिया पुरा गरेरै टेण्डर आब्हान गरेका छौं ।’ उनले गाउँपालिकाका अध्यक्ष हरि बहादुर भण्डारीले आफुलाई यस विषयमा केहि जानकारी नभएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ