विरामीलाई फलफूल बाँडेर मनायो नेविसंघ सिरहाले प्रजातन्त्र दिवस
प्रकाशित २०७५ फागुन ७ मंगलबार
824
Shares
सिरहा। ६९औ प्रजातन्त्र दिवसको अबसरमा नेपाल विद्यार्थी संघ सिरहाले अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको छ।
नेविसंघका निवर्तमान सहमहामन्त्री परमेश्वर साहको अगुवाईमा रामप्रसाद उमाप्रसाद मुरारका अस्पताल लाहानका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो।
साहका अनुसार अस्पतालका ७५जना बिरामीलाई जुस, स्याउ, केरा, अंगुर लगायतका फलफूल वितरण गरिएको थियो।
कार्यक्रममा नेविसंघ जिल्ला अध्यक्ष मो मुस्ताक लगायतका विद्यार्थी नेताहरू सन्जिब ठाकुर, गोपाल यादब, कपिल देब साह, रमन यादब, म हुसेन, रमेश बस्नेत लगायत सहभागी थिए।