arrow

वडिमालिका नगरपालिकामा ४ सहरी स्वास्थ्य केन्द्र स्थापना

logo
जनक बोहरा,
प्रकाशित २०७५ फागुन ८ बुधबार
badimalika.jpg

बाजुरा । बाजुराको बडिमालीका नगरपालीकामा ४ वटा सहरी स्वास्थ केन्द्र स्थापना भएको छ । स्थानीयहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नका लागि प्रत्येक वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने नीति अनुरुप स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।

सोही कार्यक्रम अनुसार नगरपालिकाको वडा नं १ पिनालेख, वडा नं ३ रजाली, वडा नं ५ मना र वडा नं ६ क्रोधमा अहिले सहरी स्वास्थ्य केन्द्र स्थापना भएका छन् । यो आर्थिक वर्षमा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नगरपालिकाका ५ ओटा वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने कार्यक्रम अगाडी सारेको थियो ।
 
नगरपालिकाका उपप्रमुख कविता विष्टले भनिन्, 'योजना अन्तर्गत हालसम्म्म नगरपालिकाका ४ ओटा वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना भैसकेको र अब बडिमालीका नगरपालीकामा स्वास्थलाई व्यवस्थित बनाएर समाजको निर्माण गर्न लागि परेका छौ र वडा नं ४ रिलामा निमार्ण गर्ने योजना रहेको छ ।'
                              
उनका अनुसार आर्थिक वर्ष २०७६-०७७ मा बाँकी वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने नगरपालिकाको लक्ष्य रहेको बताइएको छ । स्वास्थ्य केन्द्र स्थापना भैसकेपछि हरेक वडाका स्थानीय गर्भवती महिला, बालबालीका, अपांग, असाहायहरुले समयमै स्वास्थ्य सेवा पाउने आश गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ