arrow

२ दिनदेखि साल नझरेकी अन्जनाको हेलिकप्टर मार्फत उद्धार

logo
जनक बोहरा,
प्रकाशित २०७५ फागुन ८ बुधबार
helecopter-uddar.jpg

बाजुरा । बाजुराको गौमुल गाउँपालिका वडा नं १ अन्द्राडीकी २२  वर्षिया अन्जना बोहराको साल अड्किएपछि बुधवार हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ। साल नझरेर रगत बगेपछि गौमुल गाउँपालिकाका अध्यक्ष हरी रोकायाको पहलमा हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो ।

उनको रगत धरै बगिसकेकोले जिल्ला अस्पतालमा पनि उपचार गर्न सम्भव नभएकाले काठमाडौं पठाइएको गाउँपालिकाका अध्यक्षले बताए। सुत्केरीको रगत धेरै बगेको छ २ दिन भयो बोल्न सकेकि छैनन् आफन्त राम बहादुर बोहराले भने,' हामी सबै परिवार निराश थियौ अस्पताल जान २ दिन लाग्छ हेलिकप्टर आयो भन्दा अलि खुसी भयौ ।'
 
अव ज्यान जोगीन्छ कि भन्ने आश रहेको सोही गाउँका आफन्त अर्जुन रोकायाले बताए । बाजुरा जिल्लाका ग्रामिण भेगमा हरेक वर्ष दर्जनौ आमाले ज्यान गुमाउनु परेको छ । बाजुरा जिल्लाका हरेक ग्रामिण क्षेत्रमा सेवा सुविधा नपुग्दा कतिपय मानिसहरुले यस्तै सुत्केरी बेथा लागेर प्रत्येक वर्षमा ज्यान गुमाई सकेका र कतिपय महिला दिदि बहिनिहरुले ज्यानलाई धौधौमा राखेर जोगाएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ