arrow

छोरालाई लोकसेवा पढाउनु भन्दै गाउँपालिका अध्यक्षले दिए बाबुलाई एक महिनाको तलब

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ फागुन ८ बुधबार
wadadakhshaya-sahayog.jpg

बझाङ । खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाले यहाँको एक जना गरिब तथा जेहेन्दार पढेलेखेको युवालाई लोकसेवाको तयारी कक्षा गर्नका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग स्वरुप दिएका छन् ।  खप्तड छान्ना गाउँपालिका ५ मोतुवा घर भएका भक्त बहादुर सिंहका कान्छो छोरा बिनय बहादुर सिंहलाई धनगढीमा लोकसेवाको तयारी कक्षा पढ्नका लागि मंगलबार गाउँपालिका कार्यालयमा नगद तिस हजार सार्वजनिक रुपमा दिएका हुन् ।

धनगढीमा एचए पास गरेर जागिर नपाएको र माथिल्लो कक्षा पढन् घरको आय स्रोत नभएको हुदा बिनयका बुवा भक्त बहादुर सिंहले आफ्नो छोराको पढाईको अबस्था र घरको पारिबारिक समस्या बारे गाउँपालिका अध्यक्ष रोकायालाई जानकारी गराएपछि रोकायाले सहयोग गरेका हुन्  घरमा जग्गा जमिन पनि नभएका सिंह गाउँकै सबै भन्दा गरिब परिबारका  हुन् ।  अरु छोरा भन्दा पढाईमा बिनय तेजिलो हो भक्त बहादुर सिंहले भने पैसा नभएर साह्रै समस्या थियो घरमा बोलाउने सोचेको थिए अध्यक्षले सहयोग गरेपछि धनगढी मै बसेर केहि महिना अब लोकसेवाको तयारी कक्षा गर्न लगाउन्छु ।  गत बर्ष मै हेल्थ असिस्टेन्ड एच ए  प्रथम श्रेणीमा पास गरेका बिनयले लोकसेवाको तयारी कक्षा लिने सोच गरेका भएपनि घरबाट बुवाले पैसा नपठाउदा पढ्न सकेका थिएन ।

हाई स्कुलको शिक्षा स्थानीय खप्तड माबि कालुखेतीबाट प्रथम श्रेणीमा पास गरेपछि एचए पढनका लागि पनि उनले सरकारी कोटामा छात्रवृद्धिमा नाम निकालेर धनगढीमा पढेका थिए । भक्त बहादुरको जेठा  छोरा भने पढाईमा मध्यम रहेकाले गाँउकै क्याम्पसमा पढ्ने गरेका छन् । तर विनय भने घर  साथै गाँउभरीकै आश लाग्दो विद्यार्थी हुन ।
 
खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले भने,' गाउँपालका भित्र बिनय जस्ता युवाहहरु पढाईमा अब्बल भएका धेरै छन् उनिहरुका लागि गाउँपालिकामै आउदो वर्षदेखी लोकसेवाको तयारी कक्षा संचालन गर्नु आवश्यक छ । व्यक्ति पीच्छे सहयोग गर्नु भन्दा युवाहरुका लागि लोकसेवा कक्षा संचालन गर्नु आवश्यक भएको युवाहरुको भनाई छ ।'

गाँउका गरिब दुखीहरुको सेवा गर्ने परोपकारी मन भएका अध्यक्ष रोकायाले यस अगाडी पनि आफ्नो पारिश्रमिकवाट स्थानीय जगदीश्वर सामुदायिक बनको घेरबारका लागि बिस हजार नगद  सहयोग गरेका थिए  । गाउँपालिका भित्रका अगुवा कृषक समेत रहेका अध्यक्ष वर्क रोकाया तरकारी फलफुल विक्री गरेर मात्र  बार्षिक ४-५ लाख कमाउने  गर्दछन् । फुर्सदमा उनि आफ्नो तरकारी फलफुल बगैचामा काम गर्दै भेटिन्छन् ।  संकटकालमा तत्कालिन माओवादीले कुटपिट गरेर मर्नबाट बाचेका रोकाया यो जिवन उपहार भएको भन्दै जनसेवामै बढी तत्लीन छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ