arrow

समाजसेवी सुन्दर श्रेष्ठद्वारा निर्मित मञ्च विद्यालयलाई हस्तान्तरण

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
shrestha1.jpg

उर्लाबारी । मोरङ उर्लाबारी—९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठको एकल लगानीमा स्थानीय सार्वजनिक माविमा निर्मित मञ्च बुधबार सो विद्यालयलाई हस्तान्तरण गरिएको छ ।  करिव २ लाख ५७ हजार लागतमा निर्मित ट्रससहितको स्टेज विद्यालयलाई समाजसेवी श्रेष्ठले हस्तान्तरण गरेका हुन् । स्टेजको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले रिवन काटेर गरे ।

विद्यालयमा व्यवस्थित मञ्चको अभावमा कार्यक्रम गर्न कठिनाई भईरहेको समस्या विद्यालय परिवारले आफुलाई राखेपछि मञ्च निर्माण गरिदिएको श्रेष्ठले बताए । कार्यक्रममा बोल्दै श्रेष्ठ भने,‘यो मञ्चमा विद्यार्थीभाई बहिनीहरुको प्रतिभा उजागर होस, उनीहरुले प्रगति गर्न सकुन शुभकामना दिन चाहान्छु ।’ केहि महिना अघि दुर्घटनामा परि घाईते भई बैशाखी टेकेर कार्यक्रममा आएका श्रेष्ठले विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।

उनले विषेश गरि विद्यार्थीहरुलाई आग्रह गर्दै भने,तपाईहरुले पछि गएर आफ्नो क्षेत्रबाट आफु पढेको विद्यालयलाई सहयोग गरिदिनुहोस,आफ्नो गाउँठाउँको उन्नती प्रगतिमा सहयोग पुर्याउनु हामी सबैको कर्तब्य हो । ’ समाजसेवी श्रेष्ठले यसअघि स्थानीय प्रभात निमाविमा मञ्च बनाईदिनुका साथैं १० जना विद्यार्थीलाई निशुल्क पढ्ने व्यवस्था मिलाईदिएका थिए । उनले एकजना अंग्रेजी बिषयको शिक्षक पनि आफ्नै लगानीमा राखिदिएका छन् । गाउँघरमा सडक बत्ति,खेलकुद लगायतको काममा श्रेष्ठले सहयोग पुर्याउदैं आएका छन् ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सुन्दर श्रेष्ठको नामै सुन्दर कामै सुन्दर भएको भन्दै प्रशंशा गरे । सुन्दर जि आफ्नो ठाउँको विकासमा के कस्ता काम गर्न सक्छु भनेर मसँग पनि सल्लाहा गर्नुहुन्छ, मेयर फागोले भने,‘समाजमा लिने मान्छे धेरै हुन्छन्,यसरी गाउँठाउँको विकासमा मेहेनत परिश्रमको हिंसा दिने सुन्दर जि जस्ता सबैलाई सम्मान गर्नुपर्छ । मेयर फागोले निश्वार्थ रुपमा सामाजिक काम गर्दै आएका श्रेष्ठले कहिले काहिँ दुख सामाना र अवरोध झेल्नु पर्दा दुख लागेको बताए । ‘ सुन्दर जि यति राम्रो काम गरिरहनुभएको छ , उहाँ राजनितीमा आउने पनि होईन फागोले भने,  तपाई हाम्रो भाग खोस्ने हो भनेर नडराउनुहोस, उहाँलाई सबैले सपोर्ट गर्नुपर्छ ।

फागोले सुन्दर श्रेष्ठ जस्ता समाजसेवीहरु नेतृत्वमा आए झनै समाज परिवर्तनमा अझै टेवा पुग्ने बताए । उनले गुणस्तरीय शिक्षामा जोड दिदैं विद्यार्थीको प्रतिभा अनुसार प्रफुष्टन गर्नुपर्नेमा जोड दिए । ‘कोहि गायनमा रुचि भएका विद्यार्थी हुनुहुन्छ होला कोहि फुटवल अनि कलाकारिता,फागोले भने, रुचि अनुसार विद्यार्थीलाई सपोर्ट गर्नुपर्छ ।’ समग्र नगरको शैक्षिक विकासमा नगरको उल्लेखनिय सहयोग रहने मेयर फागोको भनाई छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुरुराज आङबुहाङको सभापतित्वमा भएको कार्यक्रममा अरनिको माविका प्रअ कोमल खतिवडा,राधिका माविका प्रअ कुमार पोखरेल,प्रभात निमाविका प्रअ मोहन चापागाई,समाजसेवी नरबहादुर मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।
सो कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । यसैविच विद्यालयको स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा नगर स्तरीय छात्र तथा छात्रा फुटवल प्रतियोगिता सुरु गरिएको छ ।

फागुन १६ र १७ गते हुने ५३ औं बर्ष गाठमा विद्यालयमा साँस्कृतिक तथा सम्मानका कार्यक्रमहरु हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ