arrow

विद्यालयको हिरक महोत्सवमा महामन्त्री कोइराला आउदै

logo
कौरव खत्री,
प्रकाशित २०७५ फागुन ८ बुधबार
koirala.jpg

गुल्मी । गुल्मीको महेन्द्र आर्दश माध्यमिक विद्यालयको हिरक महोत्सवमा नेपाली कांग्रेसका महामन्त्री तथा विपि पुत्र डा. शंशाक कोइराला आउने भएका छन् ।

मुसिकोट नगरपालिका ७ वामीटक्सारमा रहेको महेन्द्र आर्दश माध्यमिक विद्यालयले यहि फाल्गुन १३ गते देखि २० गतेसम्म गर्न लागिरहेको हिरक महोत्सव मार्फत श्रीमदभागवद् धन धान्याचल  सप्ताह ज्ञानमहायज्ञको पाँचौ दिनमा अर्थात फाल्गुन १७ गते प्रमुख अतिथिको रुपमा महामन्त्री कोइराला वामीमा आउने कार्यक्रम रहेको हिरक महोत्सव मुल समारोह समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिए ।

महोत्सव नजिकीदै विद्यालयमा यज्ञ मण्डव,गेट निर्माण एवं रङ्ग रोकन लगायतका कार्यहरु तिव्र गतिमा अगाडी बढिरहेको समेत महोत्सव मुल समारोह समितिका संयोजक काफ्लेले जानकारी दिए ।

विद्यालयको लागि नगरपालिका र चन्दाबाट गरि २ करोड ५९लाख ६४ हजार ७सय ८८ चन्दा संकलन भैसकेको हिरक महोत्सव मुल समारोह समिति सचिवालयका संयोजक अनन्तलाल भण्डारीले जानकारी दिए । महोत्सवको पहिलो दिनको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

“सीपयुक्क्त जनशक्ति  निर्माणको इच्छा नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा” भन्ने मुल नारा सहित विद्यालयले महायज्ञबाटै ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य राखेको छ भने संकलित रकमबाट विद्यालयमा इन्जिनियरिङ्ग सहितको प्राविधिक शिक्षा सञ्चालनको हिरक महोत्सव गर्न लागिरहेको विद्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ