arrow

क्यान्सर पिडित राधाले जन्मदिनमा गराइन क्यान्सरबारे सचेत

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
radha.jpg

नवलपुर । पत्रकार राधा बस्यालले आफ्नो जन्मदिनका अवसरमा नवलपुरको कावासोतीमा क्यान्सर सचेतना कार्यक्रम गरेकी छन् । स्तनक्यान्सरबाट पिडित पत्रकार बस्यालले कावासोतीका स्थानीय महिला तथा विभिन्न संघ संस्थाका प्रतिनिधिलाई क्यान्सर रोगबारे आफ्नो अनुभव र स्वास्थ्य जाँच बारे सचेतना कार्यक्रम गरेकी हुन् ।

बस्याल अहिले क्यान्सरको उपचारकै क्रममा छन् । सामाजीक अभियन्ता बस्याललाई गएको जेठ महिनामा स्तन क्यान्सर देखीएको थियो । बस्याल मातृभुमी डटकममा कार्यरत छन् । सचेतना कार्यक्रममा आज बस्यालले क्यान्सर रोगको लक्षणहरु, अपनाउनुपर्ने संयमता तथा रोग लागीसकेपछिको आत्मबल कसरी बढाउन सकिन्छ भन्ने बिषयमा आफ्नो अनुभव सुनाएकी हुन् ।

कावासोती २ सिमलघारीमा भएको कार्यक्रममा बस्यालले स्तन क्यान्सरका बारेमा डा. कपेन्द्रशेखर अमात्यसंग गरेको चेतना र जानकारीमुलक कार्यक्रम सुनाएकी थिईन् । कार्यक्रममा वडा नं २ का वडाध्यक्ष लक्ष्मी प्रसाद पौडेल र वडा नं ५ का वडाध्यक्ष हरिप्रसाद बास्तोल प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै दुवै वडाध्यक्षले स्थानीयलाई रोग लुकाएर वा लाज मानेर बस्ने बिषय नभएको बताए । समाजमा कुनैपनि रोग वा समस्याका बारेमा खुलेर बोल्ने र समाधान खोज्ने परिपाटी विकास गर्नुपर्ने उनीहरुको भनाई थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ