arrow

रुखबाट खसेका पोष्टबहादुरलाई अध्यक्षले गराए हेलिकोप्टरमार्फत मणिपालमा उपचार

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
fistel-air-helecopter.jpg.jpeg

गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाँखानीमा रुखबाट खसेर घाइते भएका ३३ वर्षीय पोष्टबहादुर छन्त्याल (प्रविण) लाई गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीको सहयोगमा हेलिकोप्टरमार्फत पोखरा मणिपाल अस्पताल पुर्‍याई उपचार गरिएको छ ।

गाउँभन्दा माथिको जङ्गलमा गोठमा बस्दै आएका छन्त्याल गाईबस्तुलाई घाँस काट्न जाँदा बिहीबार रुखबाट खसेर सख्त घाइते भएको जानकारी पाएपछि अध्यक्ष भण्डारीले आफ्नै खर्चमा हेलिकोप्टर चार्टर गराएर उपचारका लागि पोखरा पठाएको रघुगङ्गा गाउँपालिका–६ का वडासदस्य टेकजित छन्त्यालले जानकारी दिए।

सदस्य छन्त्यालका अनुसार घाइते प्रविणको अवस्था अत्यन्त गम्भीर भएको थाहा पाएपछि अध्यक्ष भण्डारीलाई खबर गरी उनकै आर्थिक सहयोगमा पोखरा लगिएको हो । अहिले घाइतेको अवस्थामा सुधार आएको बताइएको छ । अध्यक्ष भण्डारीले गाउँपालिकाकै बिकट ठाडाँखानीमा यस्तो अवस्था भएको खबर पाएलगत्तै उनको उपचारमा पाखापानी स्वास्थ्य चौकीका दुई कर्मचारीलाई घाइते भएको स्थानमा पुर्‍याएर प्राथमिक उपचार गर्न लगाई हेलिकोप्टरमार्फत पोखरा लगिएको र अहिले घाइतेको अवस्थामा सुधार आएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ