arrow

जडारीगाड पक्की पुलको शिलान्याससँगै स्थानीय खुसी

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ फागुन १० शुक्रबार
pakki_pul_3_(1).jpg

बझाङ ।  जिल्लाको खप्तड छान्ना गाउँपालिका जोड्ने जडारीगाडमा गाडी गुड्ने पक्की पूलको निर्माण कार्य सुरु भएपछि स्थानीय खुसी भएका छन् । बुधबार पक्की पुलको एक कार्यक्रमका बिच शिलान्यास गरि निर्माण कार्य सुरु भएपछि यस क्षेत्रका स्थानीयमा खुसीयाली छाएको हो ।  

बर्षौ देखि पक्की पुल नहुदा समस्या झेली रहेका यस क्षेत्रका स्थानीयबासीमा पक्की पूलको निर्माणका  लागी बुधबार खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाले पुलको औपचारिक रुपमा शिलान्यास गरेपछि  लागी ठेकेदार कम्पनीले निर्माण कार्य सुरु गरेको छ । सेतीलोक मार्ग अन्र्तरगतको जडारीगाडमा पक्कीपुलका निर्माणका लागी गएको बैसाखमा बोलपत्र आह्वान गरि खम्पाचेटी टीडिआर जेबीले निर्माणको जिम्मा पाएको थियो ।  ६ करोड ४२ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको पक्की पुल दुई बर्ष भित्र निर्माण गरिने भएको छ ।

दुई बर्ष देखि काठेपुलमा गाडीहरु गुडाएर यातायात सञ्जाल जोडिएको जडार थामलेख सड्कमा यसरी पक्की पुलको निर्माण कार्य सुरु भएपछि स्थानीयको बर्षौ देखि पक्कीपुलमा गाडी चढ्ने सपना पुरा हुने भएपछि यस स्थानीयबासी हर्षित भएका छन् । छान्नाका स्थानीय दर्षन खड्काले भने, पुल निर्माणको काम सुरु भएपछि  निकै खुसी भएको छु । उनले भने, पक्की पुल नहुदा छान्नाबासीले निकै दुख पाएका थियौ तर अब पुलको निर्माण कार्य छिटो छरितो गर्न ठेकेदार कम्पनीलाई सबैले भन्नु पर्छ ।

सेती नदीमा बन्न लागेका ५ वटा  पक्की पुलको निर्माण कार्य अलपत्र भई रहदा त्रसित भएका स्थानीयले काम सुरुभएसंगै ठेकेदार कम्पनीको लापरबाही र प्राबिधीक त्रुटीले यस पुलमा समस्या हुन सक्ने आशंका गरेपनि ठेकेदार स्थानीय भएकाले पुल निर्माण छिटो हुने स्थानीयको आशा छ ।

पक्कीपुल निर्माणका लागी हामीले बर्षौ देखी पहल गरिरहेका थियौ पक्की पुलको शिलान्यास  गर्दै खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले भने, पुलको निर्माण कार्य सुरु भएको सन्देशले गाउँपालिका भरिका जनतामा खुसी छाएको छ । यसै बर्ष खप्तड छान्ना गाउँपालिकाका तिन बटा ठाउँमा पक्की पुल निर्माण कार्य सुरु भएको जानकारी दिदै अध्यक्ष रोकायाले भने जिल्लाका अरु पक्की पुलका ठेकेदार जस्तै लापरबाही गरेर कामको ढिलासुस्ती नगर्न ठेकेदार कम्पनीलाई आग्रह गरेको छ ।

उनले भने,'अब यी पुलको निर्माण कार्याका लागी कडा निगरानी गरि छिटो भन्दा छिटो निर्माण गर्न पहल गर्ने छौ ।'  ठेकेदार कम्पनीले पक्कीपुल निर्माणमा  आबस्यक पर्ने बालुबा , गिट्टी , सिमेन्ट ,सरिया लगायतका आबस्यक सामाग्री समेत संकलन गरि निर्माण स्थलमा पुर्याई सकेको छ । ठेकेदार शेर बहादुर खड्काले भने, छान्ना मेरो स्थानीय ठाउँ पनि हो ,सामानहरु मेसिन , गाडीहरु सबै तयार भई काम सुरु गरि सकेको छु अबको दुई बर्ष भित्र जसरी पनि पुल निर्माण गर्ने छु ।  पुलका लागी खाल्डा खन्नेकाम समेत बुधबार देखि सुरु गरिएको छ ।

पुल निर्माण भएपछि सेती लोकमार्ग  बाजुरा, अछाम , डोटी , कैलाली जिल्लाका साथै खप्तडछान्ना गाउँपालिका सबै वडाहरु र सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय क्षेत्र खप्तडमा समेत आवत जावत गर्न सहज हुने छ । 



नयाँ