arrow

आवधिक योजना विपद जोखिम न्युनिकरण सम्बन्धी छलफल

logo
जनक बोहरा,
प्रकाशित २०७५ फागुन १० शुक्रबार
badimalika.jpg

बाजुरा ।  आवधिक योजना विपद जोखिम न्युनिकरण सम्बन्धी  एक औपचारिक कार्यक्रम गरी छलफल गरिएको छ । बडिमालिका नगरपालिकाको सभाहलमा संचलान भएको छलफलमा बडिमालिका नगरपालिकाका वडाहरुमा हुन सक्ने बाढी , पहिरो , भुकुम्प , आगलागी , हावाहुरी जस्ता विपद जोखिमका बिषयहरुलाई कसरी आवधिक योजना विपद जोखिम न्युनिकरण गर्न सकिन्छ र अव आगामी दिनहरुमा हामिले विपद जोखिम  हुनु भन्दा पहिला कस्ता सावधानी उपाय अपनाउनु पर्छ भन्ने विषयमा छलफल गरिएको थियो ।
 
बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले विपत जोखिमका पाश्वेचित्रहरु देखाएर पनी बहस गरिएको थियो । उक्त कार्यक्रममा बडिमालिका नगरपालिकाका नौ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य , पत्रकार संग छलफल गरिएको छ ।  

बडिमालिका नगरपालिकाका आयोजना र युनिसेफ नेपालगन्जको सहकार्यमा कार्यक्रम संचालन गरिएको हो । बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालनभएको कार्यक्रममा युनिसेफ विपत जोखिम न्यनिकरण नेपालका प्रमुख हारुन प्रमुख अथिती रहेका थिए भने युनिसेफ नेपालगन्जका प्रमुख राजेश सारु मगर , सुनिता कायस्थ विशिष्ट अथिती रहेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ