arrow

३२ वर्षे अनिता पौडेलको हत्या

logo
प्रकाशित २०७५ फागुन ११ शनिबार
Killed.jpeg

जितपुर । कपिलवस्तुको वाणगङ्गामा शुक्रबार राति एक महिलाको हत्या गरिएको छ । वाणगङ्गा नगरपालिका–४ बस्दै आएकी ३२ वर्षीया अनिता पौडेलको हत्या भएको हो । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीका अनुसार मृतक पौडेलको शरीरको निधार र विभिन्न भागमा चोट देखिएकाले उनको गोली हानी हत्या गरिएको हो या धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो भन्ने कुरा शव परीक्षण रिपोर्टपछि जानकारी प्राप्त हुने बताए । 

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । यद्यपि स्थानीयवासीले पौडेलको गोली हानी हत्या गरिएको दाबी गरेका छन् । स्थानीयका अनुसार उनको पारिवारिक तथा व्यक्तिगत सम्बन्धका कारण हत्या भएको हुनसक्ने बताएका छन् । 

जग्गाको विषयमा पहिलादेखि नै विवाद रहेको र सोही कारण पनि हत्या भएको हुनसक्ने बताइएको छ । प्रहरीले अहिले घटनाको अनुसन्धान जारी राखेको छ । 

शवलाई कपिलवस्तु सामुदायिक अस्पताल लगिएको र परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भएको छ ।

घटनाको बारेमा बुझ्नका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, वाणगङ्गा नगरका उपप्रमुख स्थानीय सामुदायिक अस्पताल पुगेका थिए । 

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक चन्द्र केसीले घटनाको सुक्ष्मरूपमा अध्ययन भइरहेको र चाँडोभन्दा चाँडो हत्याराको पहिचान हुने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ