arrow

जन्ती सवार बसले आँखा देखेन, बालक मार्यो 

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
accident-final.jpeg

कावासोती । नवलपरासी पूर्व कावासोतीमा जन्ती बोकेको बसले ठक्कर दिँदा शनिबार दिउँसो एक बालकको मृत्यु भएको छ । 

कावासोती–२ मालपोत चोकमा ना ५ ख ८०४३ नंको जन्ती बसले ठक्कर दिँदा कावासोतीका चार वर्षीय बालक सिजन गोतामेको मृत्यु भएको हो । 

बसको ठक्करबाट गम्भीर घाइते भएका बालक गोतामेको उपचारका क्रममा भरतपुर अस्पलातमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । 

बस पाल्पा रामपुरबाट विवाहसकी कावासोती आउँदै गरेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ