arrow

युवतीलाई दुर्ब्यवहार गरेको अभियोगमा फरार गदाल सार्वजनिक कार्यक्रममा भेटिए 

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
gadal.jpg

 झापा । गत मंसिरमा एक युवतीलाई दुर्ब्यवहार गरेको अभियोग लागेर फरार रहेका झापा दमकका एक पत्रकार मनकुमार गदाल सार्वजनिक कार्यक्रमहरुमा देखापर्न थालेका छन् ।

शिवसताक्षी नगरपालिकाकी एक युवतीलाई गत मंसिर ८ गते शनिबार आफ्नै कार्यकक्षमा बोलाएर  बिहे गर्ने भन्दै जबरजस्ती  सिन्दुर लगाएर दुर्ब्यवहार गरेको आरोप लागेका पत्रकार गदाल पुन पत्रकार मञ्चकै अध्यक्षका रुपमा सार्वजनिक हुन थालेका छन् । 

मञ्चकै नेतृत्वमा गदाल देखापर्न थालेपछि उनी आवद्ध संगठनसहित अन्य संघसंगठनहरुले  समेत आपत्ति जनाउँदै आएका छन् । घटनालाई सहज निकास निकाल्न तत्कालिन पीडित परिवार र पत्रकार सम्बन्धित संस्था र दलीय नेतृत्व हरुसंग गदालले मञ्चको अध्यक्ष छाड्ने सहमति गरेका थिए । 

सहमति भएको ३ महिना समय बितिसक्दा पनि गदालले मञ्चको अध्यक्ष पदबाट राजीनामा दिएका छैनन् । यस्तो परिस्थिति सृजना भए पश्चात् नेपाल प्रेस युनियन र  पत्रकारहरुका संघसंगठनहरुले छलफल चलाउन थालेका छन् ।

युनियनका जिल्ला उपाध्यक्ष गिरीराज भट्टराईले पत्रकार मञ्चको नेतृत्व सहमतिमा चयन भएपनि अध्यक्ष गदालको हर्कतले पदमा बसिरहन नमिल्ने भएपनि  आलटाल गरेर नेतृत्वमा बसे त्यसमा आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन्  ।

दुव्र्यवहारको अभियोग लागेका गदालले पत्रकार मञ्चलाई सहमतिमा थप सक्रिय वनाउनका लागि पनि पद छोड्ने बाटो देखाउनु पर्ने उनको भनाई छ ।           गदालले पद छाडेर मञ्चलाई सहमतिमा लैजान अवरोध गरे आफ्ना सम्पुर्ण सदस्यहरु फिर्ता गराउने तयारीमा यूनियन रहेको छ। 

हाल मञ्चमा उपाध्यक्ष झगेन्द्र खड्काको नेतृत्वमा कोषाध्यक्ष कुसुम तामाङ्ग र अन्य दुई  सदस्यहरु युनियनका तर्फबाट मञ्चमा आबद्द छ्न् ।

यूनियनले पत्रकारहरुको छाता संस्थाका अध्यक्ष गदालले पत्रकारिताको छेत्रमा पुर्याएको हर्कतलाई सामान्य घटनाका रुपमा लिन नसकिने जनाउँदै आएको छ । त्यही विषयका कारण हाल मञ्चका गतिविधिहरु शून्य छन् साथै यस घृणित कार्यले दमकका पत्रकारहरुको पेशामानै आँच पुगेको यूनियनको ठम्याइ छ ।

यसैवीच, गदालले युवतीमाथि दुर्ब्यवहार गरेको समाचार विभिन्न सामाजिक सञ्जाल तथा अनलाइनहरुमा खबर सार्वजनिक भएपछि उनी आवद्ध प्रेस संगठनले पनि घटनाको सुक्ष्म अध्ययन गरि मञ्चबाट राजीनामा दिन निर्देशन समेत दिएको थियो । गदाल साविक प्रेस चौतारी झापाका उपाध्यक्ष समेत हुन् ।

संगठनका आफना नेतृत्वबीच भएको बैठकमा गदालले एकहप्ताको समय मागेपनि हालसम्म उनले राजीनामा नदिएपछि अब उनी आवद्ध संगठनले नैतिक आचरणको कारवाही गर्न लागेको बुझिएको छ ।

साथै संगठनले गदाललाई पदमुक्त गराएको पत्र मञ्चमा दिने तयारीमा रहेको स्रोतले जनाएको छ । यस काण्डमा स्वम उनलाई आत्मग्लानी हुनको साटो यस्ता काण्ड छोरा मान्छेलाई आउने भन्दै बहानाबाजी गर्न थालेपछि पत्रकार संगठनका नेतृत्वहरु गदाललाई कुनै पनि हालतमा अध्यक्ष स्वीकार्न नसक्ने गरि आन्दोलित छन् ।

मञ्चको पछिल्लो बैठकमा प्रदेशका मुख्यमन्त्री शेरधन राई, अमेरिकाको राष्ट्रपति डोनाल्ड टम्पलाई समेत यस्ता समस्या आएपनि उनीहरुले खोइ त राजीनामा नदिएको भन्दै अध्यक्ष पदको बचाउ गरिआएका छन् ।

 साथै केही समय अगाडि एसएलसी समेत अनुतीर्ण  रहेका गदालले  नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर नेपाल पत्रकार महासंघमा सदस्यता पाएको घटना एक बेला निकै सनसनी पुर्ण भइ निक्कै चर्चामा आएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ