arrow

फोनिजको अध्यक्षमा बलम्पाकी 

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
balampaki.jpg

सर्लाही । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज सर्लाहीको अध्यक्षमा घनश्याम बलम्पाकी मगर चयन भएका छन् । 

शनिबार हरिवनमा सम्पन्न महासङ्घको पहिलो साधारण सभाले सर्वसम्मत रुपमा बलम्पाकीको नेतृत्वमा ९ सदस्यीय कार्य समिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा रीना आले, सचिवमा राजु लो तामाङ, कोषाध्यक्षमा बीमा लुङ्गेली, सह–सचिवमा सुविना श्रेष्ठ, सदस्यहरुमा चन्द्रकुमार जिम्बा, लक्ष्मी गुरुङ, राजकुमार गोले र प्रमिला थिङ चयन भएका छन् । 

सभाले महासङ्घको प्रदेश सदस्यहरुमा प्रमेश श्रेष्ठ, उदय पाख्रिन, ज्योति लामा र निसा मोक्तानलाई चयन गरेको छ ।

प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित भेलामा सभामा प्रदेश सभा सदस्य बेची लुङ्गेली, फोनिजका प्रदेश दुईका इन्चार्ज निरज पिठाकोटी मगर लगायतको आतिथ्यता थियो ।

बलम्पाकी प्रेस युनियन सर्लाही शाखाका कोषाध्यक्ष हुन् । बलम्पाकी लामो समयदेखि पत्रकारितामा कियाशील छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ