arrow

खानेपानी मन्त्री विनाले बाँडेका टंकी पानी बिनाका, कार्यकर्ता नै रुष्ट

कार्यकर्ता भन्छन् – चुनावका बेला कञ्चनपुरकी चेली भन्ने अहिले बाचा भुल्ने ?

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ फागुन १२ आइतबार
pani-tank.jpg

बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्रको बेल्डाँडीमा मन्त्री विना मगरद्वारा बिनियोजित बजेटमा बनाउने भनिएको खानेपानीको टंकी निर्माण हुने सुर नदेखिए पछि स्थानीयले स्वच्छ खानेपानी उपभोग गर्न पाएका छैनन् ।

खानेपानी ट्याङ्की निर्माणका लागि विनियोजन गरेको बजेटबाट खरिद गरिएका खानेपानी ट्याङ्की निर्माण नभई अलपत्र पारिएपछि स्थानीयले उक्त आयोजनाबाट पानी खान नपाएका हुन् । 

बजेटको सदुपयोगसमेत हुन सकेको छैन  । खानेपानी मन्त्री मगरले गत आर्थिक बर्ष फ्रिज जान लागेको रकम हतार हतारमा आफ्नो निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा खानेपानी ट्याङ्की, मोटर, फिल्टर र हेण्डपम्प, निर्माणका लागि विनियोजन गरेको रकम सदुपयोग हुन सकेको छैन । 

कामै पुरा नभइ फरफारक भइसकेको तर अहिले ८ महिना बित्दा समेत पिउने पानीको काम सुचारु भएका छैनन् । 

बेलडांडी क्षेत्रको विभिन्न ठाउँमा राखेका खानेपानी ट्याङ्की जिर्ण अवस्थामा रहेका छन् । कुनै ठाउँमा खानेपानी स्टेण्ड मात्र छ भने कुनै ठाउँमा केवल  ट्याङकी मात्र छन् ।

कुनै ठाउँमा खानेपानीको नामोनिसान केहि पनि छैन । जनताका लागि यी ठाउँमा खानेपानीको व्यवस्था गरे जस्तो गरेर जनतालाई जिस्क्याउने काम मात्र भएको पाइएको छ ।

निर्वाचन क्षेत्रका जनतासंग गरिएका बाचा विभिन्न भए पनि अहिले भने जनताले कुनै विषयमा फोन गर्न खोज्दा फोन समेत उठाइँदैन ।

आफु जितेको ठाउँमा आउनु त कहाँ हो कहाँ जनताले फोन गर्दा फोन समेत नउठाउँदा त्यसै क्षेत्रका कार्यकर्ता, नेता र नागरिक खिन्न भएका छन् । 

चुनावको बेलामा कञ्चनपुर की चेली हुँ भन्दै जनतालाई फकाई फकाई मागेको भोटको सदुपयोग हुन नसकेको नेकपाका कार्यकर्ताहरुको भनाई रहेको छ ।

अधिकांश नेकपाका कार्यकर्ता मन्त्रीको यो हर्कतले दिक्काएका छन् । नाम नखोल्ने सर्तमा कार्यकर्ता भन्छन् “विना मगर भनेको राज परिवारकी सदस्य बराबरकी नारी हुन् उनलाई जनतासंग मतलव हुँदैन किनकी चुनावमा पैसा खर्च गरे पुग्छ भन्ने मान्यता बोकेकी छिन् ।” 

उनले भने, “हामीले उनको जति विरोध गरे पनि केहि हुनेवाला छैन । किनकी उनी प्रचण्ड परिवारकी सदस्य भएकोले उनीलाई सधै प्रचण्डले ७७ जिल्लाका एक न एक ठाउँबाट स्थापित गर्ने देखिन्छ । त्यसैले उनको कुरा जे छ मनमा छ भन्दै मनमा राख्नु परेको छ ।” 
 
खानेपानी मन्त्रीले भने आफुले जनताको काम गर्न बजेट विनियोजन गरेको र कसले बदमासी गरेको भन्दै छानविन गरी कारवाही गर्ने बताइन् । 

उनका अनुसार आफुले दिएको सबै बजेट पिच्छेका योजनाहरुको आफुले अनुगमन गर्न नसकिने र त्यहाँको सम्वन्धित निकायले हेर्नुपर्ने जानकारी गराइन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ