arrow

कौरा संरक्षणमा जुट्दै कावासोतीका मगर महिलाहरु

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
kaura.JPG

कावासोती । कावासोती–२ का प्रगतिटोलका महिलाहरु मगर समुदायमा लोकप्रिय मौलिक नांच कौरा संरक्षण अभियानमा जुटेका छन् । २०५० सालमा स्थापना भएको प्रगति आमा समुहमा आवद्व २४ जना महिलाहरुले कौरा संरक्षणका लागि मासिक पांच सय संकलन गरि वर्षेनी कौरा संरक्षणमा खर्चिने गरेको समुहकी अध्यक्ष भुमा थापा मगरले बताइन् ।
 
संकलित रकमबाट विभिन्न ठाउंका मौलिक कौरा समुहलाई प्रदर्शन गर्न निम्त्याउने र आर्थिक सहयोग गर्दै आईरहेको छ । यस वर्ष पनि ३७ औं मगर दिवसको अवसर पारेर कावासोती–२ प्रगतिटोलमा नवलपुर पहाडी क्षेत्र राईकोटको ४० जना  कलाकारहरुको विशेष कौरा नृत्य प्रदर्शन गरेको छ ।
 
कार्यक्रमका प्रमुख अतिथी एवम नेपाल प्रेस यूनियनका केन्द्रीय सचिव केबी रानाले कौरा संरक्षणका लागि प्रगतिटोलका महिलाहरुले खेलेको भूमिकाको प्रशंसा गरे। लोप हुन लागेको लोकप्रिय मौलिक नांच कौराको संरक्षण तथा व्यवसायिकरण गर्न सकेमा  नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्वनमो टेवा पुग्न सकिने सचिव रानाको भनाई छ ।

कौरा झ्याउरे जस्ता रोधीमा लागेर मगर युवा युवती विग्रेको भन्ने गलत मानसिकताले यी नांच संरक्षणमा पछिल्लो पुस्ताले चासो राखेको पाईदैन । रोधीमा लागेर होईन ग्रामिण वस्तीमा क्याम्पस नहुनु, गुणस्तरीय शिक्षाको अभावले मगर समुदाय पछि परेको हो सचिव रानाले भने– ग्रामिण भेगको शैक्षिक विकासमा राज्यले ध्यान दिन आवश्यक छ । ७५ प्रतिशत मगर समुदाय ग्रामिण क्षेत्रमा वसोवास गर्ने गर्छ ।

कार्यक्रममा कावासोती–२का वडाअध्यक्ष लक्ष्मी पौडेल, सदस्य शिव प्रसाद पाण्डे, नेपाल मगर युवा संघ प्रदेश नम्बर ४ का संयोजक देव गाहा, नेपाल मगर संघ कावासोती नगरसमितिका उपाध्यक्ष जसमति थापा, नेपाल मगर लेखक संघ केन्द्रीय उपाध्यक्ष हेमा आले, मगर विद्यार्थी संघ नवलपुरका अध्यक्ष सहज राना, पूर्वअध्यक्ष भिम गाहा, नवदुर्गा सामुदायिक वनका अध्यक्ष तुल बहादुर ठाडा लगायतले मौलिक कौरा संरक्षण तथा व्यवसायिकरणमा राज्यले सघाउनुपर्ने धारणा राखेका थिए ।
 
प्रगति आमा समुहका अध्यक्ष भुमा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष वेति माया सिङजालीले स्वागत मन्तव्य राखेकी थिइन् । यसैविच कार्यक्रममा ६ जना जेष्ठ नागरिकलाई नगद सहित दोसल्ला, प्रमाणपत्रले सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ