arrow

मापसे गरी कुटपिट, दुई जनाले लठ्ठीले हानीहानी मारे दीपकलाई 

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
mapase.jpeg

रुकुम (पूर्व) । पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एकको मृत्यु भएको छ । बाँके नेपालगञ्जका ४६ वर्षीय दीपक भनिने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम ९पूर्व०ले जानकारी दिएको छ । 

कुटपिट गर्ने दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय शिवराज राना र जाजरकोट नलगाड नगरपालिका–३ का २३ वर्षीय गोविन्द पुन रहेको प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । 

आइतबार साँझ ९ बजे रावतमाथि कुटपिट भएको थियो । उनीहरु तीनै जना शहीदमार्गको कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिमा कार्यरत थिए । मादक पदार्थ सेवन गरी आपसमा झगडा गर्दा रावतलाई लठ्ठीले हिर्काइ अचेत अवस्थामा पुर्याइएको थियो । 

कुटपिटबाट गम्भीर घाइते रावतको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मङ्गलबार बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । 

रानालाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो भने पुनलाई सोमबार नियन्त्रणमा लिई कानूनी प्रक्रिया शुरु गरेको प्रनाउ खड्काले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ