arrow

भारत भर्सेस पाकिस्तानः कसको सैन्य क्षमता कति ? 

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
missles-aljazeera.jpg

काठमाडौं। काश्मिरको पुलवामा आक्रमणपछि भारत र पाकिस्तानको बीचमा तनाव बढेको छ। बढ्दो क्रममा रहेको तनावले दुई मुलुकको बीचमा युद्धको अवस्था आउनसक्ने देखिएको छ। पुलवामा आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको बलियो जवाफ दिने प्रतिबद्धता जनाएका थिए। यो भारतीय सेनामाथि गरिएको सबैभन्दा ठूलो आक्रमण थियो। त्यससँगै भारत र पाकिस्तानको बीचमा एकको अर्कोलाई नियम उलंघन गरेको आरोप लगाउने क्रम बढेको छ। सैन्य क्षेत्रमा दक्षिण एसियाका यी मुलुक कुन कत्तिको सबल छन त ? 

सैन्य बजेट
सन् २०१८ मा भारतले ५८ अर्ब डलर रकम सैन्य क्षेत्रमा खर्च गरेको थियो। यो उसको कूल गार्हस्थ्य उत्पादन जीडीपीको २.१ प्रतिशत हो। उसका १४ लाख सेनाहरु रहेका छन्।

गत वर्ष पाकिस्तानले सैन्य क्षेत्रमा ११ अर्ब डलर खर्च गरेको थियो। यो उसको जीडीपीको ३.६ प्रतिशत हो। पाकिस्तानसँग ६ लाख ५३ हजार सैनिक छन्। २०१८ मा उसले १० करोड डलर सैन्य सहयोग पनि पाएको थियो। 

सन् १९९३ देखि २००६ सम्ममा पाकिस्तानको समग्र सरकारी खर्चको २० प्रतिशतभन्दा बढी रकम सैन्य क्षेत्रमा खर्च गरिएको छ। सोही अवधिमा भारतको सैन्य क्षेत्रमा गरिएको खर्च भने १२ प्रतिशतभन्दा कम थियो। 

सन् २०१७ मा पाकिस्तानको समग्र सरकारी खर्चमा सैन्य क्षेत्रले १६.७ प्रतिशतको हिस्सा ओगटेको थियो। भारतमा भने यसले ९.१ प्रतिशतको हिस्सा लिएको थियो। 

मिसाइल र न्युक्लियर हतियार 
दुवै मुलुकसँग न्युक्लियर हतियारको प्रयोग गर्नसक्ने ब्यालेस्टिक मिसाइल छन्। भारतसँग नौ प्रकारका मिसाइल छन्, जसमा ३ देखि ५ हजार किलोमिटरको क्षमता भएको अग्नि–३ पनि रहेको छ। 

पाकिस्तानले पनि चीनको सहयोगमा आफ्नो मिसाइल कार्यक्रम अघि बढाइरहेको छ। जसमा भारतको जुनसुकै स्थानमा पनि पुग्नसक्ने मध्यम र छोटो दूरीका हतियार छन्। उसको शाहीन २ सबैभन्दा उच्च क्षमताको मिसाइल हो। यसको क्षमता २ हजार किलोमिटरको छ। 

सन् २०११ मा पाकिस्तानले ट्याक्टिकल न्युक्लियर विपन क्यापाबिलिटी खरिद गरेको पुष्टि गरेको थियो। पाकिस्तानले विशेषगरी भारतसँगको शीतयुद्धका लागि हतियारको विकास गर्दै आएको छ। एक सय ४० देखि एक सय ५० न्युक्लियर मिसाइल छ। भारतसँग भने १ सय ३० देखि १ सय ४० वटा न्युक्लियर मिसाइल छ। 

सैनिक
भारतसँग १२ लाख सैनिक, ३ हजार ५ सयभन्दा बढी युद्धपोत, ३ हजार १ सय युद्धक सवारीहरु, ९ हजार ७ सय १९ तोपहरु र ३ सय ३६ युद्धमा सैनिक ओसारपसार गर्ने सवारी छन्। 

पाकिस्तानसँग ५ लाख ६० हजार सैनिक छन्। २ हजार ५ सय युद्धपोत छन्। १ हजार ६ सय युद्धमा सैनिक ओसारपसार गर्ने सवारी छन्। 

हवाई सैन्य बल
भारतका १ लाख २७ हजार २ सय हवाई सेना छन्। ८ सय १४ युद्धक विमान छन्। भारतले पाकिस्तान र चीनबाट सुरक्षाको लागि ४२ स्वाड्रोन, करिब ७ सय ५० युद्धक विमान आवश्यक छ। सन् १९६० मा प्रयोग गरिएको रुसी विमान मिग–२१ सहित सन् २०३२ सम्ममा भारतसँग २२ स्वाड्रोन रहनेछन्। 

पाकिस्तानसँग ४ सय २५ युद्धक विमान छन्। जसमा चिनियाँ एफ–७पीजी र अमेरिकी एफ–१६ युद्धक विमान पनि छ। साथै पाकिस्तानसँग विमान नियन्त्रण र सूचना दिनको लागि ७ ओटा अन्य विमान पनि छन्। यो संख्या भारतभन्दा ३ वटा बढी हो। 

जलसेना
भारतको जलसेनासँग एक विमानवाहक, १६ पनडुब्बी, १४ जंगी जहाज, १३ साना जहाज, १ सय ६ गस्तीको टोली र युद्धक सवारी छन्। साथै ७५ आक्रमण गर्नसक्ने विमान छन्। ऊसँग ६७ हजार ७ सय सैनिक पनि छन्। 

पाकिस्तानसँग केवल ९ फ्राइगेट्स, ८ पनडुब्बी, १७ गस्तीको टोली र ८ ओटा आक्रमण गर्न सक्ने विमान छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ