arrow

हेलिकप्टर दुर्घटना प्रकरणः जिल्ला सुरक्षा समिति बैठक, हिमपात जारी

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
suketar.jpg

सुकेटार । दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । 

आवश्यक कानूनी प्रक्रिया पूरा हुनेवित्तिकै शव काठमाडौँतर्फ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । उनका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइने छन् । 

ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ । 

हिजो बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सातजनाको निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ