arrow

बालकको बेबारिसे शव ट्याक्टरमा भेटियो

logo
युबराज रेग्मी, 
प्रकाशित २०७५ फागुन १६ बिहिबार
balakkosab.jpeg

झापा । झापाको दमकमा बिहीबार बिहान एक जना बालकको बेबारिसे शव ट्याक्टरमा भेटिएको छ । दमक ५ स्थित गोरखा डिपार्टमेन्ट स्टोर नजिकैको वर्कसपमा दमककै ११ वर्षिय बालक अनिल दर्नाल झुण्डिएर अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 वर्कसपमा मर्मतका लागि राखिएको को१त ७४०० नम्बरको ट्याक्टरमा झुण्डिएको अवस्थामा मृत बालक भेटिएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए ।

दर्नाल सडकमा मागेर घुमफिर गरिआएका बताईएको छ । 

यसैवीच, मृतकका आफन्त र स्थानीयले घटना शंकाष्पद भएको हुनसक्ने भन्दै छानविनका लागि माग गरेका छन् । प्रहरीले घटनाको आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

यस्तै बुधबार पनि विद्यालयको फलामे गेटले किचेर दमकमा एक जना बालकको ज्यान गएको छ भने दुई जना बालक घाईते भएका छन् ।

दमक ८ स्थित जनता आधारभूत विद्यालयको प्रवेशद्धारको फलामे गेटले किचेर सोहि वडा बस्ने छुक्का हेमरमका ७ बर्षिय छोरा विजेन्द्र हेमरमको ज्यान गएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ