arrow

दार्चुलामा यसैवर्ष छैटौं पटक हिमपात

logo
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०७५ फागुन १६ बिहिबार
himpat-darchula.jpg

दार्चुला । दार्चुलामा यसवर्ष छैटौं पटक हिमपात भएको छ । सोमबार राति केही ठाउँमा मात्र हिमपात भएपनि बुधबार भने जिल्लाका धेरैजसो ठाउँमा हिमपात भएको छ। 

केही दिन अघिबाट मौसममा आएको परिवर्तनसँगै जिल्लाका उच्च लेकाली क्षेत्रमा भारी हिमपात भएको हो। हिमपातका कारण स्थानीयको जीवन कस्टकर भएको छ।

जिल्लाका सबै स्थानीय तहहरुमा हिमपात भएको स्थानीयले बताएका छन् । पटक पटक भएको हिमपातले भने किसानहरुलाई फाइदा भएको बताएका छ्न् । 

यसवर्ष हिउँदे समयमा भएको हिमपात तथा बर्षले बालिनालि सप्रनमा धेरै राहत पुगेको मालिकार्जुन गाउपालिकाका वडा नम्बर २ का कृषक महेश कार्कीले बताए ।

अहिले निरन्तर परेको हिमपातले बाहिरभित्र जान समेत समस्या भएको छ। हिमपातका कारण पशुचौपायालाई समेत समस्या भएको छ। हिमपातका कारण दैनिक कामकाजमा निक्कै समस्या भएको छ, साथै हिमपातले निकै चिसो बढाएको छ । लगातार हिमपात भइरहेकाले दैनिक कामकाजमा समस्या भएको हो।

उच्च लेकाली क्षेत्रमा लगातार हिमपात भइरहेकाले आवतजावतमै समस्या हुने गरेको ब्यास ३ का कम्मान सिंह धामीले बताए । लगातारको हिमपातले ग्रामीण क्षेत्रमा आवतजावतमै समस्या भएको उहाको भनाई छ ।

यस्तै घामको भरमा रहेको दार्चुलाको संचार तथा ईन्टरनेट सेवा हिमपात सङ्गै अबरुद्ध भएको छ । सोमबार देखि लागातार परेको पानीका कारण बुधबार संचार सेवा बन्द भएको हो । 

जिल्लाको मुख्य रिपिटर टावरको रुपमा रहेको मालिकार्जुन गाउँपाकिकामा अवस्थित बालशिखर रिपिटर टावरमा बिद्धुतिकरण हुन नसक्दा दार्चुलाबासीले बेला बेला संचारको समस्या झेल्दै आइरहेका छन् । संचार तथा ईन्टरनेट सेवा बन्द हुँदा संचारमाध्यम, बैंक तथा बित्तीय संस्थाहरु निक्कै प्रभावित भएका छ्न् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ