arrow

संविधान कार्यान्वयन र संशोधन हुनुपर्ने तामाङ समुदायको निष्कर्ष

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
tamang.jpg

धरान । नेपाल तामाङ घेदुङले संविधानमा भएका राम्रा पक्षहरुको कार्यान्वयन र विभेदकारी धाराहरु संशोधन गरिनुपर्ने निष्कर्ष अन्तक्रियावाट निकालेको छ । नेपाल तामाङ घेदुङ सुनसरीले आयोजना गरेको वर्तमान संविधान र तामाङको सवाल विषयक अन्तक्रिया कार्यक्रममा यस्तो निष्कर्ष निकालिएको हो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार तथा तामासालिङ संयुक्त संघर्ष समितिका अध्यक्ष जय गालेले सहजिकरण गरेका थिए । जिल्ला अध्यक्ष सुरज लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घेदुङका केन्द्रिय सल्लाहकार सुजेन्द्र गोले, केन्द्रिय सदस्य मैत गोले, प्रदेश उपाध्यक्ष रामबहादुर ग्यावा लगायत प्रदेश, जिल्ला, नगर तथा गाउं र भातृ संघसंस्थाका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा सहभागी विष्णु मोक्तान, चन्द्र गोम्देन, नन्दलाल पाख्रिन, सिता मोक्तान, रमला पाख्रिन, प्रशन्न तामाङ, जितबहादुर पाख्रिन, हर्क गोले, रविन गोले लगायतका घेदुङका अगुवा कार्यकर्ताहरुले आफ्नो विचार र जिज्ञासा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ