arrow

स्थानीय तहमा काम गरिरहेका इञ्जिनीयर र प्राविधिकले पारे कामकाज ठप्प

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
bhojpur_district_map.png

भोजपुर । स्थानीय तहमा पुनःनिर्माणसम्बन्धी काम गरिरहेका इञ्जिनीयर तथा प्राविधिकले कामकाज ठप्प पारेका छन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, प्राविधिक हकहित संरक्षण तदर्थ समितिले आठ महीनादेखि भत्ता नपाएको भन्दै बुधबारदेखि कामकाज ठप्प पारेको हो ।

समितिले चारबुँदे मागसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला योजना कार्यान्वयन एकाइमा ज्ञापनपत्र बुझाएको छ । जिल्लाका नौवटै स्थानीय तहमा कार्यरत इञ्जिनीयर तथा प्राविधिकले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

 खाइपाइ आएको भौगोलिक प्रोत्साहन भत्ता तत्काल निर्णय गरी मासिकरुपमा उपलब्ध गराउनुपर्ने, प्राविधिकको स्वास्थ्य बीमा तत्काल लागू गर्नुपर्ने, स्थानीय तहमा रहेका प्राविधिकको स्थायित्व र दुर्घटना बीमा तत्काल लागू गर्नुपर्ने र प्राविधिकलाई गाउँमा सहजरुपमा बस्ने व्यवस्था तथा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने अध्यक्ष वसन्तकुमार चौधरी र सचिव दीपककुमार शाहद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ