रविन्द्र अधिकारीको क्षेत्रमा बामदेव चुनाव नलड्ने, विद्यालाई देलान् टिकट ?
प्रकाशित २०७५ फागुन १८ शनिबार
332
Shares
काठमाडौं। स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा उपचुनावको चर्चा सुरु भएको छ । यस अघि काठमाडौंबाट उठ्ने चर्चा पाएका नेता वामदेव गौतमको नाम जोडेर प्रचार हुन थालेपछि उनले शनिबार विज्ञप्ती जारी गर्दै आफू चुनाव नलड्ने स्पष्ट पारेका हुन् ।
राजनीतिमा बामदेव गौतमको पक्षका मानिने स्वर्गीय अधिकारीको निधनपछि सो क्षेत्रमा को उम्मेदवार बन्छ ? भन्ने चासो धेरैलाई भईरहेको बेलामा गौतमले आफू चुनाव नठ्ने र अरुलाई नै उम्मेदवार बनाउने स्पष्ट पारेका हुन् । उनले रविन्द्र अधिकारीको परिवारलाई नै उम्मेदवार उठाउने अधिकार दिने बताएका छन् ।
उनले स्व अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई टिकट दिइनु पर्ने संकेत पनि गरेका छन्। पहिले अनेरास्ववियूको राजनीतिमा नै सक्रिय रहेकी विद्या पछि अधिकारीको राजनीतिक जीवनमा सहयोग पुर्याउन भन्दै राजनीतिको अग्रभागमा आउन छाडेकी थिईन् ।
त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउने विद्यालाई नै टिकट दिने सम्भावना बढी भएको पनि नेकपा स्रोतको दाबी छ । यस अघि पनि कुनै सांसदको असामयिक निधन भएमा सो क्षेत्रमा सांसदकै धर्मपत्नीलाई टिकट दिने गरिएको इतिहास छ ।