रविन्द्रलाई परदेशीको श्रद्धाञ्जली

भोजराज घोडासैनी, प्रकाशित मिति : २०७५ फाल्गुण १९ आइतबार

म एक सामान्य नागरिक हुँ। मलाई राज्यले चिन्नका लागि मैले राज्यले नै दिएको मेरो नागरिकता देखाउनु पर्छ। म जस्ता म धेरै छन् जसलाई देश बिकासको चिन्ताले पिरोल्छ। भष्टाचार,हत्याहिंसा,बलात्कार र लुटपाट न्यूनीकरणको कल्पना गरिरहन्छौं। यसैका निमित्त राजनीतिज्ञलाई सतमार्गको बाटोमा जान दवाब दिइरहन्छौं। यो कसैप्रती रिसाएर वा आक्रोशित भएर हैन नत कसैप्रती आग्रह पुर्वाग्रह राखेर नै हो। यसमा ब्यक्तिगत स्वार्थ छैन छत केबल देशमा बिधि र सुशासनको स्थापना होस् भन्ने कामना मात्र।

मैले र म जस्ताहरुले अरबमा भेडा चराएर, छिमेकीको गुलामी गरेर संचय गरेको राज्यकोष दुरुपयोग हुँदा मुटु दुख्नु नाजायज हैन। त्यसैले हरेक क्षेत्रमा पारदर्शिता जरुरी छ। अन्यथा वाइडबढी खरिदमा स्वर्गिय नेता माननीय मन्त्री रबिन्द्र अधिकारमा लागेको आरोपमा जस्तै मृत्यु पश्चात असामाजिक बन्नेको संख्या थपिदै जानेछ। यसमा सत्यता के कति थियो त्यो स्वयमले लिएर गएपनि अब सरकारले सत्यतथ्य छानबिन गरेर स्वर्गीय मन्त्री रबिन्द्र अधिकारीलाई सच्चा श्रद्धाञ्जली दिनेछ भन्ने बिश्वास छ। जिउँदै हुँदा नेता र जनता बिचको दुरी बढ्नु कदापि राम्रो हैन। नेता जनताका लागी र जनता नेताकालागी हुनुपर्छ।

सरकारले 'सुखी नेपाली समृद्द नेपाल' भनी रहदा हामी बबुरा जनताले बिकासप्रेमी,दुरदर्शी,जनतामुखी,निष्ठा र त्यागी नेता गुमाएका छौ। आधारको एक स्तम्ध ढलेको छ। सपनामा तुसारापात आएको छ। वाइडबडी काण्डबाट रबिन्द्र अधिकारिको नाम झिकेर हेर्ने हो भने आजसम्म हामीले उहाँबाट जेजति लिन सक्यौं ती सबै लाभदायक नै छन। चिप्लिने भनेको हिड्ने मान्छे नै हो। काम गर्दा छुटपुट त्रुटी हुन्छ। यसबाट स्वयम भगवान बिष्णु पनि अछुतो छैनन। तर अहिले स्वर्गिय पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको कामको मुल्यांकन गर्ने बेला हैन। देश शोकको छ। हुनत मान्छेका सय गुण एउटा बैगुणले मेटाउछ। तर यसको पनि उपयुक्त समय हुन्छ। मन्त्री चडेको हेलिकप्टर सम्पर्क बिहिनको समाचार पछि सामाजिक संजालमा केही असामाजिक पोस्ट देख्दा साच्चिकै मानबियता कता हरायो भन्ने सोच्न बाध्य बनायो। यतातिर हामी सबैको ध्यानाकर्षण हुनुपर्छ। 

राजनीति सेवा हो। यो देश र जनताका लागि हुन्छ। आफ्नो लागि गर्ने राजनीतिज्ञलाई जिउदो त के मरेपछि पनि जनताले छोड्ने छैनन। यसको पुष्टि केही दिन यता सामाजिक संजालले गरेको छ। देशमा भष्टाचार व्याप्त छ। यो सत्य हो। त्यसको हावाले स्वार्गीय मन्त्रीलाई केकति हान्यो यो प्रमाणित गर्ने जिम्मा उहाँ स्वयममा थियो तर दैव कुदृष्टिले त्यसो हुन दिएन। अब यसको यथास्थिति बाहिर ल्याउन सरकारलाई रचनात्मक दबाब दिनु आवस्यक हुन्छ। यो सचेत नागरिक कर्तव्य र दायित्व  हो।

दसा कसैका अगाडि बाजा बजाएर आउदैन । अकल्पनीय दुर्घटनाले नयाँ पाठ सिकाएको छ। हुने हार दैब नटार भनिन्छ तर पनि सुरक्षा सतर्कता अपनाउन सकियो भने पक्कै दुर्घटना कम हुन्छ। देश र जनताले बिकास चाहिरहेका छन। २००७ सालदेखि अहिलेसम्म जनताले नेताका निम्ति गरे । भौतिक बिनास भयो। धेरैको प्राण गयो। 

यस बीचमा राज्यले राजनीतिज्ञबाट केही हुँदै भएन भन्ने हैन भएका पनि छन्। जति भएका छन् ती ठाउँमा पनि दिगो र दरिलो भएन । जसले गर्दा नेता र जनता बिचको दुरी बढ्दै गयो। अबपनि बाटो फेर्ने बुद्धि पलाएन र सरकारले भनेझैं सुखी नेपाली समद्द नेपाल नारामा मात्रै सिमित रहयो भने देश,नेता र जनता सबैको दुर्भाग्य बाहेक अरु केही हुनेछैन। सबैमा सुबुद्धि पलाओस। स्वर्गीय रबिन्द्र अधिकारीको आत्माले शान्ति पावस् हार्दिक श्रद्धाञ्जली ।

हाल दक्षिण कोरिया

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ