arrow

भरतमोहन अधिकारीको अन्तिम चाहना के थियो ?

अधिकारीलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिदै 

logo
प्रकाशित २०७५ फागुन १९ आइतबार
bhara-mohan-adhikari.jpg

काठमाडौं। ८२ बर्षको उमेरमा निधन भएका पूर्वउपप्रधानमन्त्री तथा पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीको आइतबार अन्त्यष्टि गरिदैछ। गएराति साढे ९ बजे ह्याम्स अस्पतालमा निधन भएका अधिकारीलाई आज श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राख्ने त्यसपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने नेकपा कार्यालयका सचिव कृष्ण गोपाल श्रेष्ठले बताए।

पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा अधिकारीको पार्थीव शरिरलाई आज बिहान ९ बजेदेखि १२ बजेसम्म राखिदैछ। त्यहा अधिकारीलाई पार्टीका दुवै अध्यक्षले पार्टीको झण्डा ओढाउनेछन। प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी ओली तथा पुर्व प्रधानमन्त्री तथा अर्का अध्यक्ष पुष्पकमल दाहालले अधिकारीको पार्थिव शरिरलाई पार्टीको झण्डा ओढाउने नेता श्रेष्ठले बताए। त्यसपछि १२ बजेदेखि उनको शबयात्रा सुरु हुनेछ। पार्टी कार्यालय धुम्बाराहीबाट चक्रपथको बाटो हुदै चाबहील ,गौशाला भई पशुपति आर्यघाटमा पुरयाइनेछ। ३ बजेसम्म अधिकारीको शब आर्यघाट पुरयाएर अन्त्यष्टि गरिनेछ। 

अधिकारीलाई श्वासप्रश्वास र निमोनिया लगायतका समस्या भएपछि तीन हप्ता देखि ह्याम्स अस्पतालमा उपचार भइरहेपनि अस्तिदेखी महत्वपुर्ण अंगले काम गर्न छाडेसंगै गएराति निधन भएको हो।

नेपाल कम्युनिष्ट पार्टीका नेता अधिकारी विक्रम सम्वत १९९३ साल बैशाख २२ गते महोत्तरीको भ्रमरापुरा गाउँमा जन्मेका हुन। तत्कालीन नेकपा एमालेका अध्यक्ष दाजु मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला २०५१ सालमा पहिलोपटक अर्थमन्त्री बनेका अधिकारी चार पटकसम्म अर्थमन्त्री भएका थिए।

उनले एकपटक यातायात तथा निर्माणमन्त्री, चार पटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन लगायत विभागमा प्रमुखको जिम्मेवारी सम्हालेका थिए। अधिकारी अर्थमन्त्री हुँदा अघि सारिएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, वृद्धभत्ता कार्यक्रम जनतामाझ निकै लोकप्रिय बनेका छन्।

अधिकारी अर्थमन्त्री हुँदा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन थालिएको हो भने वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट विनियोजन अधिकारीकै योजनामा आएका हुन्। संसद विघटनपश्चात बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा अधिकारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्दा उनले अस्पतालमा सुत्केरी हुनेलाई भत्ता दिने व्यवस्था गरेका थिए।

अस्पतालमा सुत्केरी हुनेले हिमाली क्षेत्रमा १ हजार ५ सय, पहाडी क्षेत्रमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन्। वि.स. २०४७ मा संविधान मस्यौदा समिति सदस्य रहेका अधिकारी मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा दुईपटक निर्वा्चित भएका थिए।

अधिकारी मनमोहन मेमोरियल फाउन्डेसनका संस्थापक अध्यक्ष पनि थिए। विराटनगरको आर्दश माध्यामिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका अधिकारीले भारतको इलाहावादबाट प्रविणता प्रमाणपत्र तह, बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्र र दर्शनशास्त्रमा स्नातक तथा त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा एमए र कानुनमा स्नातक गरेका थिए।

अधिकारीले सन् १९५२ मा १६ बर्षको उमेरमै भारतको बनारसमा भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिएर राजनीति सुरु गरेका थिए। २०१७ सालमा तत्कालिन राजा महेन्द्रले कू गरेपछि सोभियत संघमा पीएचडी पढ्न पाएको छात्रबृत्ति त्यागेर सक्रिय राजनीतिमा अधिकारीले जीवनको अन्त्यसम्मपनि देश र जनताको सेवामा लागेका थिए। अधिकारीका पत्नी र तीन छोरी छन्।

अन्तिम चाहना के थियो अधिकारीको ?
अधिकारीको चाहना भनेको सरकारको आर्थिक समुद्धि चाहना पुरा गर्ने हो भने जनताको चाहना पुरा गर्नुपर्ने धारणा थियो। इतिहासमा कम्युनिष्टहरुले २ तिहाईको बहुमत ल्याएको छ यो बेला सबै नेता एक धिक्का भएर अघि बढेमा जनताका चाहना पुरा हुने बताउदा बताउदै भेन्टिलेटरमा पुगेको श्रेष्ठले सुनाए। ६० बर्षको कम्युनिष्ट आन्दोलनलाई यहासम्म पुरयाउन उनले जीवनभर लागेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ