arrow

सय वर्षपछि अन्तिरक्षमा कोही पुग्न सक्दैनन्, कठिन बन्दैछ यात्रा

logo
प्रकाशित २०७५ फागुन १९ आइतबार
space-junk.jpg

काठमाडौं । विश्वभर अहिले अन्तरिक्षको विषयमा विभिन्न किसिमका खोज तथा अनुसन्धानहरु भइरहेका छन् । मानव सभ्यताको लागि १९ अक्टोबर सन् १९५७ निकै महत्वपूर्ण दिन थियो । यो दिन सोभियत संघ पहिलो कृत्रिम उपग्रह स्पुतनिक–१ को सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।

त्यो दिनदेखि अहिलेसम्म २ हजारभन्दा बढी उपग्रह पृथ्वीको कक्षमा छोडिसकिएको छ । अहिले मानिसको जीवनलाई सहज बनाउने दूरसञ्चार, रेडियो, टेलिभिजन, इन्टरनेटलगायतका सबै सेवाहरु स्याटेलाइटको कारणबाट नै काम गर्न सक्छन् ।

अहिले प्रत्येक २ देखि ३ महिनामा कुनै न कुनै मुलुकले आफ्नो उपग्रह छाड्ने गरेका छन् । तर, यसरी छाडिने यी उपग्रहहरुबाट एक खतरा पनि उत्पन्न भइरहेको छ । यसबारे धेरैले ध्यान त दिइरहेका छन् तर प्रभावकारी कदम भने कसैले पनि चालेका छैनन् । यो समस्या अन्तरिक्षमा बढ्दो क्रममा रहेको फोहोरको हो ।

यदि अहिलेको हिसाबमा अन्तरिक्षमा फोहोर बढ्दै गएको खण्डमा भविष्यमा न कुनै स्याटेलाइट रहन्छ, न त कुनै स्पेस स्टेशन बाँकी रहन्छ । यसको अर्थ त्यतिबेला हामीहरु न इन्टरनेटको प्रयोग गर्न सक्छौं न त कुनै दूरसञ्चार उपकरणको प्रयोग गर्न सक्छौं ।
पृथ्वीको तस्वीर निकै आकर्षक देखाइन्छ । वास्तवमा भने अन्तरिक्षबाट पृथ्वी त्यति सफा र आकर्षण देखिँदैन । पृथ्वीको कक्षमा घुमिरहेका स्याटेलाइट तथा अन्य फोहोरको कारण पृथ्वी फोहोरहरुको बीचमा लुकेको जस्तो देखिन्छ ।

यस किसिमका फोहोरहरु पृथ्वीको कक्षमा आउने धेरै किसिमका तरिकाहरु छन् । त्यसमध्ये एक तरिका यसको प्रक्षेपणको क्रममा आउने फोहोरहरु हुन् । स्याटेलाइट प्रक्षेपण गर्दा रकेटमार्फत् गरिन्छ तर निश्चित स्थानमा पुगेपछि स्याटेलाइट रकेटबाट छुटिन्छ र उक्त बाँकी भाग अन्तरिक्ष फोहोरको रुपमा त्यहीँ घुमिरहन्छ ।

अन्तरिक्ष फोहोरको दोस्रो कारण स्याटेलाइट नै हो । स्याटेलाइनको निश्चित समय तोकिएको हुन्छ । सो समयपछि स्याटेलाइटको मेसिनले का मगर्न छाड्छ । यस्तोमा उक्त स्याटेलाइटहरु वैज्ञानिक नियन्त्रणभन्दा बाहिर जान्छन् र अन्तरिक्ष फोहोरको रुपमा रहन्छन् ।

तेस्रो कारण बक्स स्याटेलाइट हो । यसको प्रयोग अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा सामान पठाउनका लागि गर्ने गरिन्छ तर त्यसपछि वैज्ञानिकको नियन्त्रणभन्दा बाहिर पुग्छ र अन्तरिक्ष फोहोरको रुपमा पृथ्वीको वरीपरी घुम्न थाल्छ ।

अर्को कारण दुई अन्तरिक्ष फोहोरबीचको ठक्करबाट निस्किने फोहोर । अन्तरिक्ष फोहोरको कुनै दिशा हुँदैन र घुम्दै जाँदा अर्को अन्तरिक्ष फोहोरसँग ठोक्किन पनि सक्छन् । जसबाट अनेकौं टुक्रामा यी फोहोर विभाजित हुन्छन् ।

एक अध्ययनका अनुसार अहिले पृथ्वीको कक्षमा ६ सयको हाराहारीमा काम गरिरहेका स्याटेलाइटहरु छन् । यी स्याटेलाइटहरु १५ सय नष्ट भइसकेका वा काम नलाग्ने अवस्थामा रहेका स्याटेलाइटबाट घेरिएका छन् । कुनै पनि नियन्त्रण नरहेका यी  स्याटेलाइटले चलिरहेको स्याटेलाइटलाई ध्वस्त पनि गर्न सक्छ । प्रतिवेदनका अनुसार एक वर्षमा यस किसिमका अन्तरिक्ष फोहोरसँग ठोक्किएर एउटा चलिरहेको स्याटेलाइट ध्वस्त हुने गरेको छ । यहाँ दुई वस्तुबीचको औसत दूरी केवल १ सय ९० किलोमिटरको छ ।

अहिले पृथ्वीको कक्षमा २ हजारभन्दा बढी स्याटेलाइट छन् र यिनीहरुलाई करिव १३ करोड फोहरका टुक्राले घेरिरहेका छन्। जनवरी २०१९ मा गरेको एक अध्ययनका अनुसार करीव १२ करोड ८० लाख वटा एक सेन्टीमिटर भन्दा साना फोहरका टुक्रा अन्तरिक्षमा घुमिरहेका छन्। एक देखि १० सेन्टीमिटरका फोहरका टुक्रा ९ लाख वटा छन भने करिव ३४ लाख वटा १० सेन्टीमिटर भन्दा ठूलो फोहरका टुक्रा अन्तरिक्ष घुमिरहेका बताइएको छ। यिनीहरु चालू स्याटेलाइटमा ठोक्किएको खण्डमा मानिसको सञ्चार र सुरक्षाका साथै एक युद्धजस्तो परिस्थिति आउनसक्ने विश्लेषकहरुले चेतावनी दिँदै आएका छन्। यस्तो भए कुनै पनि मुलुक आफ्नो शत्रुराष्ट्रमाथि आरोप थोपर्ने गर्छन्।

सन् २०१४ मा स्पेस स्टेशनलाई अन्तरिक्ष फोहोरबाट बचाउन आफ्नो स्थानबाट ३ पटक हटाउनु परेको थियो। पछिल्लो समय अन्तरिक्ष फोहोरबाट पार पाउन विश्वका प्रमुख मुलुकहरु एकसाथ काम गरिरहेका छन्। त्यसका लागि केही महत्वपूर्ण योजनाको बारेमा पनि चर्चा चलिरहेको छ।

अहिलेको गतिमा अन्तरिक्ष फोहोर बढेको खण्डमा आगामी १ सय वर्षमा यस किसिमका फोहोरले पूर्णरुपमा पृथ्वीलाई ढाक्नेछ । त्यसपछि कुनै स्याटेलाइट वा कुनै पनि चन्द्रमा र मंगलको लागि जाने रकेट पनि पठाउन सकिँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ