arrow

' चरीकी ' खुश्वु सन्तोषसँग लगनगाँठोमा; याक एण्ड यतीमा भव्य पार्टी

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
khusbu-chari.jpg.jpeg

काठमाडौ। गत वर्ष साउनमा प्रहरीको मुठभेडमा मारिएका दिनेश अधिकारी 'चरि'को गलफ्रेन्डका रुपमा खुवै चर्चामा आएकी खुश्बु ‍‍‌ओलीको विवाह भएको छ। उनको सन्तोष कार्कीसँग बैबाहिक सम्बन्ध गाँसिएको हो। 

शनिवार साँझ याक एण्ड यति होटलमा भव्य पार्टीसहित बरबधुलाई आर्शिवाद दिन परिवारजन तथा इष्टमित्रको ठूलो भिड लागेको छ। 
 
बिश्वकै महंगो बिश्वबिद्यालयमा पढेर नेपालमा आएकी मोडलिङ पृष्ठभुमिकी खुश्बु त्यसयता अर्पण र चरीसँगको प्रेम सम्बन्धका कारण पनि सञ्चार माध्यममा छाएकी थिइन्।
 
गत बर्ष २१ साउनको प्रहरी 'इन्काउण्टर'मा दिनेश अधिकारी 'चरी' मारिएपछि उनले त्यस घटनालाई लिएर निकै मिडियावाजी गरेकी थिइन। चरीको 'हत्या'मा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने दावी गर्ने उनकी प्रेमिका ख़ुश्बू ओलीले यतिखेर भने उनले दिनेश अधिकारी चरीलाई विर्सइन। उनले नै नसम्झिएपछि चरीलाई अरुले के सम्झिरहुन् चरी र उनको सम्वन्धलाई देख्नेहरुले टिप्पणी गरेका छन्। 
 
खुश्वु र सन्तोष कार्कीको बैबाहिक सम्बन्ध गाँसिंदै गर्दा याक एण्ड यति होटलमा भव्य पार्टी दिइएको छ। त्यहाँ यतिखेर न चरीको आवाज सुनिन्छ बरु चराका प्रजाती कुखुराका साप्रा र विदेशी मदिराको चुस्कीको स्वाद साट्ने काम मात्र हुन थालेको छ।  
 
खुश्वुको विगत
दिनेश अधिकारी चरीसँगको सम्वन्धका सार्वजनिक चर्चामा रहेकी खुश्वु सो सम्वन्ध अघी अर्का यूवा अर्पण कोइरालासँगको सम्वन्धका कारण पनि चर्चामा थिइन। सपना आमा घरको काम होस वा झापामा रिक्सा वितरणको काम कोशीका डुवान पिडितलाई सहयोग पुर्‍याउने काममा उनको सामाजिक संस्था लागेको थियो। खुश्वु सो संस्थाको उपाध्यक्ष थिइन। अर्पण पैत्रिक सम्पति बेचेर भएपनि सामाजिक काममा खुश्वुलाई सघाइरहन्थे।
 
खुश्वुलाई केन्द्रमा राखेर सन् २०११ मा तयार गरिएको एक भिडियोमा उनको कामको तारिफ गरिरहँदा अर्पणको पनि तारिफ गरिएको छ। तत्कालिन समयमा कान्तिपुरका पत्रकारहरुको टीमले तयार गरेको सो भिडियोका लागि शुरेस पौडेलले स्क्रिप्ट तयार गरेका थिए। टेलिभिजनका चर्चित हस्ती भुषण दाहालले भिडियोमा अंग्रेजीमा आवाज दिएका थिए। सो भिडियोको तारिफ सुन्दा लाग्छ संसारकै आदर्श जोडीको रुपमा खुश्वु र अर्पणले समाजसेवामा पाइला राख्दै थिए। काम गर्दै थिए।
 
अर्पणका पिता श्यामसुन्दरले भनेजस्तै यो आदर्श जोडीको बीचमा आएका धार्दिङका अधिकारी २०७१ साउनमा मारिएपछि सबै कुरा एकपछि अर्को गर्दै उदाङगो हुँदै गएको थियो। खुश्वु बेलायतमा अध्ययन गर्न जान अपर्ण पनि सँगै गएका थिए। उनीहरु बेलायतमा रहँदा लिभिङ रिलेसनमा थिए त्यो सम्वन्धलाई चिनेकाहरु बताउँछन्। चरी र खुश्बुबीच भेट हुनु पहिले खुश्बुले बेलायतको बसाइकै बेलादेखि अर्पणबाट सहयोग लिएकी थिइन्। अर्पणले खुश्बुका लागि गाडी र घरसमेत किनिदिएका थिए। तर, जब खुश्बु र चरीबीच सम्बन्ध झांगियो उनले अर्पणलाई इन्कार गरेको आरोप लागेको थियो।
 
खुश्वुका पुराना प्रेमी अर्पण खुश्वुले धोका दिएर नेपालमा विजोग भएपछि भारतमा सानोतिनो व्यवसाय गर्दै आएका छन्। चर्चित साहित्यकार धरणीधर कोइरालाको नाती हुन अर्पण। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ