arrow

साढे चार लाखको रक्सी बरामद

logo
प्रकाशित २०७५ फागुन २० सोमबार
raksi.jpeg

रुकुमपश्चिम ।  बाँफिकोट गाउँपालिका–६ मग्गाबाट रु चार लाख ५० हजार बराबरको रक्सी बरामद गरिएको छ । लुकाई छिपाई बेच्न राखिएको रक्सी प्रहरी र वडा कार्यालयको सक्रियतामा बरामद गरिएको हो ।

वडा कार्यालय र अस्थायी प्रहरी चौकी मग्माको टोलीले खानतालासी गरी वडामा रहेको चौखाबाङ्गी किराना पसलबाट उक्त परिमाणको रक्सी बरामद गरेको वडाध्यक्ष मनोज अधिकारीले जानकारी दिनुभयो । जिल्लामा मदिरा बिक्री–वितरण, उत्पादन तथा सेवन बन्द गरिएको छ । । बरामद गरिएको रक्सी शिलबन्दी गरेर अस्थायी प्रहरी चौकी मग्मामा राखिएको छ ।

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सिरक वितरण गरेको छ । गाउँपालिकाका १० वटै वडाका १४० ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो । चौहत्तर महिला र ६६ पुरुषलाई सिरक वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी मानबहादुर खत्रीले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन सिरक वितरण गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ