arrow

यो एयरलाइन्सले दिँदैछ एक वर्षको निःशुल्क हवाई यात्राको मौका, गर्नुपर्नेछ यी काम

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
jet-blue.jpg

काठमाडौं । हामी मध्ये धेरै मानिसहरु इन्स्टाग्रामको प्रयोग गर्ने गर्छौं । यस्तोमा इन्स्टाग्रामको खातामा पनि केही फोटो वा भिडियो शेयर पनि गर्छौं ।  यदि आफ्नो इन्स्टाग्रामको सबै पोस्ट डिलिट गरेर बदलामा एक वर्षसम्म निःशुल्क हवाई यात्रा गर्न सकिन्छ । सुन्दा यो केही अजिब लाग्नसक्छ तर यो सत्य हो । अमेरिकी एयरलाइन्स कम्पनी ‘जेट ब्लू’ले यस्तै किसिमको एक अफर दिइरहेको छ ।

जेट ब्लूले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो अफर ल्याएको हो । कम्पनीले 'अल यू क्यान जेट' नामको अफर ल्याएको छ । कम्पनीका अनुसार यो प्रतियोगिताको अन्तिम दिन ८ मार्च २०१९ छ । त्यसअघिसम्म यो प्रतियोगितामा भाग लिनुपर्ने हुन्छ ।
 
यसपछि इन्स्टाग्रामको सबै पोस्ट डिलिट गरेर त्यसको स्क्रिनशट अपलोड गर्नुपर्ने हुन्छ । साथै कम्पनीले दिएको 'अल यू क्यान' नामको खाली ठाउँ भर्नुपर्ने हुन्छ । यसपछि कम्पनीलाई ट्याग गरेर इन्स्टाग्राममा पनि एक पोस्ट गर्नुपर्ने हुन्छ ।

कम्पनीले यो प्रतियोगिता २७ फेब्रुअरीदेखि शुरु गरेको थियो । यसमा हजारौं मानिसहरुले भाग लिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ