arrow

असिनाबाट पुनर्वासमा क्षेती : एकिन विवरण अझै नआउदा राहत प्रभावित

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ फागुन २२ बुधबार
farmer-kanchanpur.jpg

पुनर्वास। गत बुधबार परेको असिना पानीबाट पुनर्वासका कृषकहरुको नोक्सान भएको बालीको एकिन तथ्यांक संकलन भइ नसक्दा राहत बितरण हुन सकेको छैन।

गएको बुधबार बर्सेको असिना र पानीले पुनर्वास नगरपालिकाको ५ वटा वडाका कृषकहरु तरकारी बाली, गहुँ बाली र दलहन बाली नष्ट भएको थियो। बाली तयार हुँदै गरेको समयमा एकाएक बर्सेको असिना र पानीका कारण पुनर्वास नगरपालिकाको वडा नम्बर १,२,३,४ र ५ का कृषकहरुले ठूलो क्षेती ब्यहोर्न बाध्य भएका छन्।

पुनर्वासका १,३ र ४ नम्बर वडाका कृषकहरुको तरकारी बाली, गहुँ बाली र दलहनबालीमा ठूलो क्षेती पुगेको छ भने वडा नम्बर २ र ५ मा आंशिक क्षेती पुगेको पुनर्वास नगरपालिका कार्यालयले जनाएको छ।

गएको बुधबार बर्सेको असिना पानीले पुनर्वास नगरपालिका ३ रामबस्तीका खम्ब लामा तामाङको ९ कठ्ठा बारीमा बिक्रीको लागि तयार भएको बन्दा र गोलभेडा पुर्ण रुपमा नष्ट भएको छ। उनको ७ कठ्ठा जमिनमा उत्पादन गरेको बन्दा र २ कठठा जमिनमा उत्पादन गरिएको गोलभेडा नष्ट भएको छ।

बजारमा पठान तयारी अबस्थामा रहेको तरकारी असिना पानीले नष्ट गरे पछि २ लाख बेशीको क्षेती ब्यहोर्न परेको कृषक खम्ब लामा तामाङले बताए। उनले साना किसान महिला सहकारीबाट ६५ हजार ,सुभेक्षा सहकारीबाट ५० हजार र स्वदेशी लघु बित्तबाट ५० हजार ॠण लिएर ब्याबसायिक तरकारी उत्पादन थालेका थिए।

उत्पादन भएको तरकारीबाली असिनाले नष्ट गरे पछि आर्थिक मार खेप्न परेको कृषक तामाङले बताए। उनको १० कठठा बारीमा लगाएको गहुँबाली समेत असिना पानीले नष्ट गरेको छ। यसै गरि उनका छिमेकी मंगल तामाङले ५ कठठा जमिनमा उत्पादन गरेको बन्दा पनि नष्ट भएको छ। आर्थिक उपार्जन संगै तरकारी उत्पादन र आत्मनिर्भरताका लागि माटोलाई माध्यम बनाउन कस्सिएका पुनर्वासका कृषक यतिबेला मर्माहित बन्न पुगेका छन्।

फलेर तयार हुँदै गरेको तरकारीबाली,खाद्यबाली र दलहन बाली एकाएक क्षण भरमै सखाप भए पछि कृषकहरुको अर्थतन्त्रमा ठूलो क्षेती पुगेको छ। पुनर्वास रामबस्तीकी कृषक मंकजंग तामाङ भन्छिन् "घरमै बसेर केही उद्यम गरौं भनेर लगानीको जेनतेन जोहो गरेर तरकारी उत्पादन सुरु त गरियो तर तयार भइ सके पछि असिनाले जम्मै नष्ट गरिदियो।" उनलाई अब कसरी ॠण तिर्ने पिरलो हुने गरेको छ।

पुनर्वासमा यतिबेला उनी जस्ता दर्जनौं कृषकहरु आर्थिक मार खेप्न बाध्य बनेका छन्। एक साता अघि बेलुका पख एक्कासि वर्सेको असिना पानीका कारण पुनर्वास नगरपालिका का १,३ र ४ नम्बर वडाका कृषकहरुको समेत तरकारीबाली,गहुँबाली र दलहन बालीमा ठूलो क्षेती पुगेको छ। पुनर्वास नगरपालिकाको २ र ५ नम्बर वडामा भने असिना पानीले आंशिक क्षेती पुगाएको छ। 

नगरक्षेत्र भित्र असिना पानीले पुगाएको एकिन क्षेतिको विवरण संकलित तथ्यांक नगरपालिकामा आइ नसकेको तर वडा कार्यालयमा लगत संकलनको विवरण तयार भइ सकेको पुनर्वास नगर पलिकाका मेयर जिवनराज थापाले बताए। नगर कार्यपालिकाले असिनाबाट क्षेती बेहोरेका कृषकहरुलाई उचित राहतका लागि जिल्ला बिपद ब्यबस्थापन समिती, प्रदेश सरकार र केन्द्र सरकार संग माग गर्ने निर्णय गरेको मेयर थापाले बताए।

उनले भने वडाहरुमा संकलन गरिएको एकिन तथ्यांक नगरपालिका पुगि नसकेकाले राहत बितरणमा ढिलाइ भएको तथ्यांक पुग्ना साथ नगरपालिकाका तर्फबाट सकिने राहत प्रदान गरिने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ