arrow

मिथिला माध्यमिकी परिक्रमा बुधवारदेखि बिधिवत रुपमा सुरु

logo
राखी साह, 
प्रकाशित २०७५ फागुन २२ बुधबार

जनकपुरधाम। मिथिलाञ्चलको बहुचर्चित सांस्कृतिक उत्सव १५ दिने  मिथिला माध्यमिकी परिक्रमा बुधवारदेखि बिधिवत रुपमा सुरु भएको हो। धनुषाको ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसिताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत रुपमा  शुरुवात हुने परम्परा रहेका छन।

नेपाल र भारतका गरी १ सय ३३ किलोमिटर लामो यस परिक्रमा यात्रामा हजारौं श्रद्धालु सहभागी भएका हुन्। उनीहरु बिहिवार बिहान भारतको कल्यानेश्वर पुग्नेछन्। त्यहाँ विश्रामपछि सहभागीहरु भारतकै गिरिजास्थान, नेपाल भारत का सिमाना मठिहानी, नेपालको महोत्तरी जिल्ला का जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषा जिल्ला का क्षीरेश्वर, पर्वता, धनुषाधाम, औरही, फेरि भारत को करुणा, विशौल हुदै फेरि कल्यानेश्वर र फागु पुर्णिमाको दिन जनकपुरधाम फर्किने छन्।

हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १ सय ५ र भारतको २८ किलोमिटरको दुरी पैदल यात्रा गर्छन्। पवित्र धार्मिक स्थलहरुको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पूण्य मिल्ने जनविश्वास छ। परिक्रमा अवधिभर सहभागीहरुले झाँकी, भजन, किर्तन पनि गर्छन्।

वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ। तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनिय रहेको छ। डोलामा पछि पछि परम्परागत बाजाँगाजा, झाकी किर्तनसहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ