arrow

ललितपुरमा मनाइयो अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस

logo
रासस,
प्रकाशित २०७५ फागुन २३ बिहिबार
lalitpur-map.png

ललितपुर। ललितपुरका कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकाले गत शनिबार आ–आफ्नो गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रम गरी अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस, २०१९ मनाएका छन्। कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानले पालिकास्तरीय सूचना केन्द्रको उद्घाटन गर्नुभएको थियो भने डाटापोर्टलमा भएका पाँच औजार र सूचना केन्द्र औपचारिकरूपमा सुशासन परियोजनाको तर्फबाट पालिकालाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा सहभागीहरूलाई डाटापोर्टलमा समावेश भएको औजार प्रयोग गर्ने तरिका सिकाइएको थियो भने यसका फाइदा र महत्वका बारेमा अभिमुखीकरण प्रदान गरिएको थियो। लिभरपुल इन्टरनेशनल कलेज, काठमाडौँका विद्यार्थीको तर्फबाट स्थानीय सरकारले अभ्यासमा ल्याएका खुला तथ्याङ्क प्रयोग तथा प्रभावकारी सूचना तथा सेवा प्रवद्र्धनसम्बन्धी जागरण नाटक प्रस्तुत गरिएको थियो। कार्यक्रममा अध्यक्ष सिंतानले गाउँपालिकाका नागरिकले पाउनुपर्ने सबै सूचना खुला गरिएको र सबै सूचना र सेवा खुला गर्नु धेरै महत्वपूर्ण भएको बताएका थिए।

यसैगरी वागमती गाउँपालिकामा भएको कार्यक्रममा सूचना केन्द्रको उद्घाटन र डाटापोर्टलका औजार र सूचना केन्द्रको हस्तान्तरण, डाटापोर्टल अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो। गाउँपालिका उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिनाले नागरिकलाई सुसूचित गर्ने कार्यमा पालिका सदैव तत्पर रहने धारणा राख्दै महिला तथा सिमान्तकृत समुदायमा सूचनाको पहुँच विस्तारका लागि तथ्याङ्क पोर्टल र सूचना प्रविधि केन्द्र फलदायी हुने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ