arrow

पाल्पामा ३ सय ४४ थान अबैध ब्लाङकेट बरामद

logo
प्रकाशित २०७५ फागुन २३ बिहिबार
blanket.jpg

पाल्पा। जिल्ला प्रहरी कार्यालय पाल्पाले भन्सार छलि गरी ल्याएको एक  लाख तीन हजार दुई सय मूल्य बराबरको ब्लाङकेट बरामद गरेको छ। तानसेन नगरपालिका ७ स्थित बारुदखान बागवनी फर्ममा बेवारीसे अवस्थामा ३  सय ४४ थान ब्लाङकेट प्रहरीले बरामद गरेको हो।

विशेष सुचनाको अधारमा अबैध रुपमा भन्सार छली, पैठारीगरी  कारागार जाने भित्री सडकको दक्षिण तर्फ  बेवारिसे अवस्थामा उक्त ब्लाङकेटहरु फेला पारेको प्रहरीले जनाएको छ।

फेला परेका ब्लाङकेटहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा पठाईको जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वमणी पोखरेलले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ