arrow

अपहरणको पाँच घण्टापछि सांसद देबकी मल्ल रिहा

logo
शैलेन्द्र रोकाया, 
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
debaki.jpg

बझाड। जिल्लाको बुंगल नगरपालिका बिजगडमा कार्यकर्ता भेटघाट र अन्र्तराष्ट्रिय महिला दिबस कार्यक्रममा शुक्रबार सदमुकाम चैनपुरबाट हिडेकी सुदुरपश्चिम प्रदेश शभा सदस्य देबकी मल्ल बिप्लब कार्यकर्ताले अपहरण पछि रिहा गरेको छ। सांसद देबकी मल्ललाई केदार स्यू गाउँपालिकाको पाउटामा अपहरण गरि चार घण्टा सम्र्पक बिहिन गरेर जंगलमा राखेपछि शुक्रबार साँझ चार बजे नै रिहा गरेको हो। 

केही दिन देखि जिल्लाका बिभिन्न भागमा कार्यकर्ता भेटघाटमा ब्यस्त रहेकी मल्ल बिहीबार जिल्लामा उद्घाट्न भएको प्रदेश स्तरिय महिला भलिबल प्रतियोगिताको छनौट कार्यक्रम सहभागी पछि शुक्रबार बिहान बुंगल नगरपालिकाको बिजगडा हिडेकि थिइन्। 

'कार्यक्रमका लागी गाँउतिर हिडेकी थिए दश बाह्र जना बिप्लब कार्यकर्ताहरु एका एक बागथला बिजगडा सडक खण्डको पाउटामा तपाई संग काम छ गाडीबाट झर्नुहोस भनेर चार/पाँच घण्टा उनिहरुले आफ्नो नियन्तणमा लिएर स–सम्मान छोडे, सांसद देबकी मल्लले भनिन।

तपाई सत्ता पक्ष हो देशमा निर्मला हत्या काण्ड लगायत अन्य घटनामा सरकार आफै संलग्न भएर सत्ताको दुरुपयोग गरिरहेको छ भन्दै देशको समसामयिक राजनितिक बिषयमा कुराकानी गरेको र बिप्लबका पक्षमा लाग्न आग्रह गरि बिना सर्त छोडेको समेत बताइन्। 

बिप्लब कार्यकर्ताले आफु संगै सडकबाट चार घण्टा उकालो जंगलमा लिए पछि सांसद संग हिडेका कार्यकर्ताले प्रहरीलाई जानकारी दिएपछि प्रहरीको टोली सांसदको खोजीमा केदारस्यूँ गाउँपालिकाको पाउटा आसपासमा जादै गर्दा सांसद मल्ल जंगलबाट तल झरि सकेकिथिइन्।

मल्लको माईती घर समेत रहेको स्यूँसुबाट प्रहरी सहित आफन्त संग बागथला प्रहरी चौकीमा आएपछि सम्र्पकमा आएकिथिइन्। बिप्लब कार्यकर्ताहरुलाई अफुलाई केही मानसिक तनाब गरेको भएपनि अन्य दुरब्याबहार भने नगरेको मल्लले जानकारी दिइन्।

सांसद देबकी मल्लका बुवा र भाई समेत बिप्लबको नेतृत्व पंतिकमा भएकाले कतिपयले यो घटनालाई त्यती महत्व दिएका थिएनन्। सांसद मल्ल यो साता देखि कार्यकर्ता भेटघाटमा जिल्ला आएकी थिइन्। यता प्रहरी नायब उपरिक्षक प्रबिण धितालले सांसद अपहरण पछि फोन सम्र्पक नभएको हुदा केही छिन तनाब भएपनि पछि सकुसल प्रहरी सम्र्पकमा आएकोले घटना सामान्य भएको बताए। सांसद मल्ल बझाङको निर्बाचन क्षेत्र (ख)बाट निर्वाचित सांसद हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ