arrow

भुटानी शरणार्थी शिविरमा आगलागी, पाँच छाप्रा जले 

logo
युबराज रेग्मी, 
प्रकाशित २०७५ फागुन २५ शनिबार
fire4.jpg

झापा । झापाको दमक नगरपालिका वडा न २ स्थित भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ। शुक्रबार राति पौने ९ बजे भएको आगलागीबाट  बेलडाँगी–२ मा ५ वटा छाप्राहरुमा क्षति पुगेको हो ।

आगलागीबाट ३ वटा छाप्राहरु पूर्ण रुपमा जलेर नष्ट भएका छन् । २ वटा छाप्रा आगो नियन्त्रणका क्रममा भत्काईएका छन् । आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय दमकले जानकारी गराएको छ ।

बेलडाँगी–२ स्थित हट नम्बर १११ का ईन्द्रबहादुर बस्नेतको घरबाट आगो सल्किएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए ।

बस्नेत रातको समयमा भजनकिर्तनमा गएको बेला घरबाट आगो सल्किएको थियो। आगलागीको मुख्य  कारण भने हाल सम्म  खुल्न नसकेको प्रहरीले जनाएको छ।

आगलागीबाट हट नम्बर ७७ का भक्तप्रसाद बराल, रामलाल बस्नेत, हट नम्बर ११० का मानबहादुर तामाङ र हट नम्बर १३३ का मनमाया तामाङको घरमा क्षति पुगेको छ।

आगलागीको खबर प्राप्त भए पश्चात आगो नियन्त्रण गर्न दमक नगरपालिका र गौरादह नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीहरुको सहयोगमा करिब १ घण्टामा नियन्त्रणमा आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ