arrow

बहुबिवाहको समाचार लेख्ने पत्रकारविरुद्ध उजुरी, कानुन तोड्ने वडाध्यक्षसहित उजुरीकर्तालाई कार्वाहीको माग

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
Chapakot_Nagarpalika.png

स्याङ्जा । गैरकानुनी बहुविवाहको समाचार सम्प्रेषण गर्ने पत्रकारविरुद्ध उजुरी गरिएको प्रति प्रेस युनियन स्याङ्जाले गम्भीर आपत्ति जनाएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका वडा न ९ का वडाध्यक्ष शंकरभक्त भण्डारी र वडा सचिव दशरथ भट्टराईको मिलेमतोमा कानुन बिपरीत बहुविवाह दर्ता गरिएको बिषयमा प्रेस युनियन स्याङ्जाका सदस्यहरु एवम् कृयाशिल पत्रकार गोपीकृष्ण रेग्मी र रामु भट्टराईद्वारा सम्प्रेषण गरिएको समाचारको बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालय स्याङ्जामा गरिएको उजुरी दर्ता र वडा कार्यालय चापाकोट नगरपालिका वडा न ९ को कार्यालयबाट जारी विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको युनियनले जनाएको छ । 

युनियनले संविधानले प्रदत्त नागरिक स्वतन्त्रता र सूचना प्राप्त गर्ने ब्यक्तिको मौलिक हकलाई नियन्त्रण गर्ने प्रयास स्वरुप पत्रकारद्वय रेग्मी र भट्टराई  साथै समाचार सामाजिक संजालमा सेयर गरेकै आधारमा चापाकोट बहुमुखी क्याम्पसका स्ववियु सभापति सबिन चन्द्र डोटेल विरुद्ध कारवाहीको मागसहित  वडाध्यक्ष शंकरभक्त भण्डारी र नेकपा चापाकोट संयोजक शरस्वती भट्टराईले गरेको उजुरी दर्ताप्रति गम्भीर आपत्ति प्रकट गर्दै वडा सचिव भट्टराई, उनकी श्रीमती सरस्वती भट्टराई र वडाध्यक्ष शंकरभक्त भण्डारीमाथि कार्वाही गर्न माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ