arrow

कञ्चनपुर महोत्सवमा स्थानीय अचारको आकर्षण

logo
ईश्वरदत्त बडू,
प्रकाशित २०७५ फागुन २७ सोमबार
aachar.jpg

कञ्चनपुर । कञ्चनपुर महोत्सवमा स्थानीय अचारको आकर्षण बढ्दो छ । कैलालीको धनगढी उपमहानगरपालिका ९ नवदुर्गा टोलका गिरी दम्पत्तिले बनाएको स्थानीय अचारप्रति मेलामा आकर्षण बढ्दै गएको हो ।

महेन्द्रनगरको खुला मञ्चमा जारी महोत्वसमा दर्शकले निकै रुचाएको मुख्य खाद्य पदार्थ हो आनन्दी अचार । श्री शान्तिबाटिका फलफुल उद्योग दर्ता गरेर आफ्नो बारीको उत्पादन प्रशोधन गरी व्यवसायिक रुपपा अचार व्यवसायमा लागेका छन् । नेपालको केही छैन भनेर विदेशिने युवाहरुको लागि पनि उनिहरु गतिलो उदाहरण बनेका छन् ।

नवदुर्गा टोलका शान्ति गिरी र रामचन्द्र गिरीले  विगत दुई वर्षदेखि अचार उद्योग सञ्चालनमा ल्याएका थिए । गिरी दम्पत्तिले अचार व्यवसायबाट वर्षेनी लाखौँ आम्दानी गरिरहेका छन् । 

दुई वर्षअघि धनगढीहाट बजारमा बोरामा बिछाएर व्यवसाय सुरु गरेको गिरी दम्पत्ति अहिले दैनिक कुन्टलका दरले अचार कारोबार गर्छन् । उद्योग व्यवसायि शान्ती गिरीले अचार व्यसाय निकै राम्रो फष्टाएको बताईन् । 

उनका अनुसार आफ्नौ बारी उत्पादनको फलफुल प्रशोधन गरेर अचार बनाउने गरिएको छ । खाद्य बालिलाई छोडेर फलफुल व्यवसायमा लागेका गिरी दम्पत्तिले मासिक ५० हजार आम्दानि हुने गरेको बताए । वार्षिक करोडौँका कारोबार गर्ने उनीहरुले अचार व्यवसायबाट मनज्ञ आम्दानी गर्नुका साथै पाँच जनालाई रोजगारसमेत दिएका छन् । करिब १० कट्टा क्षेत्रफलमा आँप, लिची, कागति, लसुन, खुर्सानी लगायतका फलफुलबाट विभिन्न परिकारका अचार बनाउन गरेको उनको भनाई छ ।

साथै आफुले उत्पादन गरेको अचारका लागि बजारको कुनै समस्या नभएको बताउँदै व्यवसायी गिरीले ‘उत्पादन भएको सबै अचार महेन्द्रनगर, धनगढीमै खपत हुन्छ, माग अनुसार हामी पुर्ती गर्ने सकेको छैनौँ, व्यवसायलाई अझै विस्तार गर्ने योजना बनाएका छौँ’ उनले भनिन् ।

सिटीईभिटीबाट अचार बनाउने तालिम सिकेर व्यवसायमा लागेकी शान्ति अहिले वार्षिक लाखौँ रुपयाँ मनाफा आर्जन गर्छिन् । कुनै समय बैदेशिक रोजगारीका लागि जाने योजना बनाएको शान्तिका श्रीमान् रामचन्द्र पनि अचार उद्योगबाट निकै सन्तुष्ट छन् । 

उनले युवा वर्गलाई रोजगारीका विदेश नताकी स्वदेशमै मेहनतका साथ उद्यम गरेर राम्रो आम्दानी गर्न सकिने सुझाव दिए । कञ्चनपुर महोत्वसमा मात्रै करिब एक लाखको अचार बिक्री भएको उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ