arrow

मुलुकका १० हजार स्थानमा वर्ल्ड लिंकले निःशुल्क इन्टरनेट सेवा दिने

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
Greece_worldwide_free_wifi.jpg

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वर्ल्ड लिंकका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी गराए। वर्ल्ड लिंकले अहिले तीन हजार ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।

सेवाग्राहीले एकपटकमा ‘लगइन’ गरेपछि करीब एक घण्टा ३० मिनेट निःशुल्करूपमा इन्टरनेट चलाउन सक्नेछन् । कम्पनीले पर्यटकीय क्षेत्र, बजारका मुख्यमुख्य स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

यसैगरी अधिकांश स्थानीय तहमा इन्टरनेट पुर्‍याएको वर्ल्ड लिंकले सन् २०२२ सम्म सबै स्थानीय तहमा इन्टरनेट सेवा पुर्‍याउने प्रमुख कार्यकारी निर्देशक नेपालले जानकारी गराए।

इन्टरनेट विस्तार गर्ने क्रममा वर्ल्ड लिंकले चार महीनामा करीब एक लाख जनालाई सेवा सुविधा विस्तार गर्ने तयारी रहेकोसमेत उनले जानकारी गराए । विसं २०५२ मा स्थापना भएको मुलुककै पुरानो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंकका अहिले दुई लाख ८० हजार सेवाग्राही रहेका छन् । तीन वर्षअघिसम्म कम्पनीका ३५ हजार मात्र सेवाग्राही रहेका थिए । प्रमुख कार्यकारी निर्देशक नेपालले दुर्गम क्षेत्रमा पनि इन्टरनेट पुर्‍याउन क्षमतासमेत विस्तार गरिएको जानकारी गराए।

उहाँका अनुसार कर्णाली प्रदेशका विकट जिल्ला हुम्ला, जुम्ला, डोल्पा र मुगुसहित अन्नपूर्ण बेसक्याम्पमा समेत यस वर्ष उच्च गतिको इन्टरनेट सेवा पुर्‍याइनेछ । यस्तै एक वर्षभित्रमा दार्चुला, बझाङ, बाजुरा, सोलुखुम्बु र ताप्लेजुङमा समेत आफ्नो इन्टरनेट सेवा विस्तार गर्ने उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ