arrow

कार्यक्रमपछि बेहोश भएकी शान्ता चौधरीलाई आयो होश

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
Shanta-Chaudhary-janatatimes.jpg

लमही । नेकपा संसदीय दलका सचेतक शान्ता चौधरी अचानक अस्वस्थ भएकी छन् । दाङ तुलसीपुरमा रहेको उच्च सरकारी वकिल कार्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा रिँगटा लागेपछि उनलाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुखको गाडीमा अस्पताल लैजाँदै गर्दा बाटामा बेहोश भएकी हाल होशमा आएको स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए ।

बिहान करीब १० बजेतिर बेहोश भएका चौधरीको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि होशमा आएकी हुन् । चिकित्सकले उनको अवस्था सामान्य रहेको भनी जानकारी दिएको स्वकीय सचिव दहितले जानकारी दिए ।

उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । उच्च रक्तचापका कारण यस्तो समस्या देखिने गरेको स्वकीय सचिव दलिहतले चिकित्सकलाई उद्धृत गर्दै भने। चौधरी यसअघि संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा पनि बेहोश भएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ